ad ad

कारोबार


५० करोड लगानी गर्नेलाई विदेशी लगानीकर्ता परिचयपत्र उपलब्ध गराउने समाजवादीको घोषणा

५० करोड लगानी गर्नेलाई विदेशी लगानीकर्ता परिचयपत्र उपलब्ध गराउने समाजवादीको घोषणा

नेपालखबर
कात्तिक १४, २०७९ सोमबार १४:१, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले ५० करोड लगानी गर्न सक्नेलाई विदेशी लगानीकर्ता परिचयपत्र उपलब्ध गराउने भएको छ। 

घोषणापत्र सार्वजनिक गर्दै वैदेशिक लगानीलाई प्रोत्साहान गर्न परिचयपत्र भएका नागरिकले सुविधा प्राप्त गर्ने विदेशी नागरिकले कमाएको मुनाफा फिर्ता लैजान पाउने स्पष्ट कानुनी व्यवस्था गर्ने उल्लेख गरेको छ। 

एकीकृत समाजवादीले नेपालमा वैदेशिक लगानीको पर्याप्त सम्भावना छ तर झन्झटिलो कानुनी प्रक्रिया तथा कर्मचारीतन्त्रको असहयोगका कारण आशा गरेअनुसार लगानी आउन नसकेको बताउँदै  मुलुकको राष्ट्रिय हित र आवश्यकता अनुरुप विदेशी लगानीलाई प्रोत्साहित गरिने प्रतिवद्धता व्यक्त गरेको छ। 

‘लगानीलाई झन्झटरहित सरल कानुनी र प्रशासनिक प्रकृयाबाट लगानीमैत्री वातावरण सृजना गरिने छ,’ घोषणपत्रमा उल्लेख छ,‘नेपालमा उत्पादनशील उद्योगमा लगानी गरेको विदेशी नागरिकले कानुनबमोजिम सम्पत्ति खरिद–बिक्री गर्नसमेत पाउनेछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .