सुनको मूल्य आज घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४ सय रुपैयाँ सस्तो भएको हो।
अघिल्लो दिन ९८ हजार ४०० रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुन बिहीबार ९८ हजार रुपैयाँमा कारोबार भएको छ। त्यस्तै तेजाबी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।
चाँदी पनि आज तोलामा १० रुपैयाँ सस्तो भएको छ। चाँदी आज एक हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
42
Shares
प्रतिक्रिया