ad ad

कारोबार


इफाप्काको ४६औँ सम्मेलन काठमाडौंमा हुने, अध्यक्ष चुनिँदै रवि सिंह

इफाप्काको ४६औँ सम्मेलन काठमाडौंमा हुने, अध्यक्ष चुनिँदै रवि सिंह

नेपालखबर
मंसिर १, २०७९ बिहिबार १३:३३, काठमाडौँ

एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन इफाप्काको अर्को सम्मेलन काठमाडौंमा हुने भएको छ। 

४५औँ सम्मेलनको समाप्तिसँगै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह इफाप्काको अध्यक्ष हुनेछन्। 

इफाप्काको ४५औँ सम्मेलन माल्दिभ्सको राजधानी मालेमा चलिरहेको छ। ४६औँ इफाप्का सम्मेलन अबको १२ देखि १८ महिनाभित्र दिगो पूर्वाधारमा साझेदारी भन्ने नारासहित काठमाडौंमा आयोजना हुने महासंघका अध्यक्ष सिंहले जानकारी दिए। 

सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले गोर्खा भूकम्प र कोभिड—१९ का कारण जोखिममा परेको नेपाली निर्माण उद्योगले विस्तारै गति लिइरहेको जानकारी दिए। 

माल्दिभ्सको राजधानी मालेमा इफाप्काको ४५औँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले विभिन्न चुनौतीका बाबजुद नेपाली निर्माण उद्योगले गति लिइरहेको बताए। 

नेपालमा नौ सय मेगावाटका अरुण दोस्रो र अपर कर्णालीजस्ता जलविद्युत् परियोजना, २ हजार ६ सय ८० मिटर लामो सुरुङमार्ग जस्ता महत्वपूर्ण परियोजना निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष सिंहले बताए। 

नेपालले सन् २ हजार ३० सम्ममा मध्यम आय भएको राष्ट्रको रुपमा स्तरोन्नति भई दिगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य लिएको प्रष्ट पारे।

मौसम परिवर्तनको असर सामना गर्ने नेपाल पनि एक प्रमुख राष्ट्र भएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष सिंहले हरित पूर्वाधारको विकासलाई नेपालले प्राथमिता दिएको बताए। 

रुस-युक्रेन युद्धबाहेक जग्गाप्राप्तिमा हुने झमेला, साइट क्लियरेन्सको समस्या, निर्माण सामग्रीको अभाव, मूल्यवृद्धि, दक्ष तथा प्राविधिक जनशक्तिको अभाव लगायतका आन्तरिक समस्या नेपाली निर्माण उद्योगले सामना गर्नुपरिरहेको जानकारी गराए ।

नेपालमा हाल १७ हजार भन्दा बढी निर्माण कम्पनी दर्ता भइसकेको र १५ लाखभन्दा बढी यस उद्योगमा आबद्ध रहेको तथ्याङ्क प्रस्तुत गरेका छन्। 

सन् १९५६ मा स्थापना भएको इफाप्कामा हाल नेपालको तर्फबाट देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ आबद्ध रहेको छ।  

नेपालले सन् १९९३ मा इफाप्काको सदस्यता लिएको हो। इफाप्काको ३०औँ सम्मेलन सन् १९९९ मा नेपालमा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .