ad ad

कारोबार


मीको ७५ इन्चको टिभी जित्ने अवसर

मीको ७५ इन्चको टिभी जित्ने अवसर

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १५:३३, काठमाडौँ

स्मार्टफोन र टिभी कम्पनी शाओमीले वर्ल्ड कप २०२२ लाई लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि आकर्षक अफर ल्याएको छ। 

अफरअन्तर्गत ग्राहकहरुले मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा ७५ इन्चको मी क्यु एलइडि टेलिभिजन जित्ने गोल–डेन अवसर प्राप्त गर्न सक्नेछन्।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पण्डाले फिफा वर्ल्डकप सबै फुटबलप्रेमीहरुको एकदमै प्रतीक्षित समय भएको उल्लेख गरे। 

‘वर्ल्डकप हेर्नकै लागि भनेर नयाँँ टेलिभिजन किन्ने समय कुरेर बस्ने ग्राहकहरु धेरै हुन्छन्’, उनले भने, ‘यही कुरालाई मध्यनजर गरेर हामीले हाम्रा मी ग्राहकहरुको लागि गोल–डेन अफर ल्याएका छौँ। वहाँँहरुको मी अथवा रेडमी टेलिभिजन खरिद गर्ने गोल–डेन रहरलाई अझै रोमाञ्चक बनाउन पाउँदा हामी पनि धेरै उत्साहित छौँ।’

अफरअन्तर्गत कुनै पनि मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा एक जना भाग्यशाली ग्राहकले २ लाख ९९ हजार ९९९ रुपैयाँ मूल्यबराबरको ७५ इन्चको मी क्यूएलईडी टेलिभिजन जित्ने मौका पाउनेछन्। 

त्यस्तै अन्य ग्राहकहरुले दैनिक रुपमा ४५ हजार ९९९ रुपैयाँबराबरको एयर प्युरिफायर ३, स्मार्ट एयर फ्रायर, एयर कम्प्रेसर, बियर्ड ट्रिमर र इलेक्ट्रिक टुथब्रश पनि जित्न सक्नेछन्। 

लक्की ड्रमा सहभागी हुन टिभीमा भएको कोड स्क्यान गर्नुपर्ने हुन्छ अथवा टिभीको सिरियल नम्बर ३१००७ मा पनि एसएमएस गर्नुपर्ने हुन्छ। 

यो अफर मंसिर ४ देखि पुस ३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .