ad ad

कारोबार


हिमालयन बैंकले डिस्कभर्स अन्तर्राष्ट्रिय सञ्जालका कार्डहरु स्वीकार्ने

हिमालयन बैंकले डिस्कभर्स अन्तर्राष्ट्रिय सञ्जालका कार्डहरु स्वीकार्ने

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १६:१८, काठमाडौँ

हिमालयन बैंक लिमिटेडले डिस्कभर्स, डाइनर्स क्लब अन्तर्राष्ट्रिय तथा डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको गठबन्धन संजालको कार्ड स्वीकार गर्ने व्यवस्था सुरु गरेको छ। 

बैंक तथा डिस्कभर्स अन्तर्राष्ट्रिय नेटवर्कबीच भएको उक्त व्यवस्थाले कार्डधारकहरुलाई उनीहरुको सुविधाका लागि नेपालका विभिन्न मर्चेन्टहरुमा भुक्तानी गर्ने विकल्पहरु उपलब्ध हुने बैंकले जनाएको छ। 

डिस्कभर्सका कार्डहरु स्वीकार गर्ने नेपालका विभिन्न मर्चेन्टहरुले उक्त नेटवर्कका विश्वभरि फैलिएका २८ करोड ग्राहकहरुले वार्षिकरुपमा गर्ने ५०० अर्ब डलर बराबरको खर्चमा आफ्नो पहुँच प्राप्त गर्नेछन् । 

बैंकले काठमाडौं, पोखरा, चितवन, लुम्बिनी लगायतका पर्यटकीय क्षेत्रहरुका विभिन्न होटल, रेष्टुराँ, खुद्रा व्यापार तथा अन्य मर्चेन्टहरुमा रहेका आफ्ना पस मेशिनहरुमा उक्त नेटवर्कका कार्डहरु स्वीकार गर्ने छ । 

डाइनर्स क्लब अन्तराष्ट्रिय तथा डिस्कभर्सको लोगो भएको मर्चेन्टहरुले डिस्कभर्स अन्तराष्ट्रिय नेटवर्कद्वारा जारी भएको कार्डहरु स्वीकार गर्ने छ । नेपाल प्रमुख भ्रमण गन्तव्य रहेको हुँदा बैंकले पर्यटकहरुलाई आफ्नो छनौटको कार्ड प्रयोग गर्ने अवसर प्रदान गर्दै मर्चेन्टहरुलाई उक्त कार्ड स्वीकार गर्ने अवसर दिएको छ । 

हिमालयन बैंक प्रसिद्ध अन्तराष्ट्रिय कार्ड ब्राण्डहरु जस्तैः अमेरिकन एक्स्प्रेस, जेसिबी, मास्टरकार्ड, युनियनपे, भीसा जारी तथा स्वीकार गर्ने तथा डाइनर्स एण्ड डीस्कभर कार्ड स्वीकार गर्ने एक मात्र बैंक हो । बैंकले प्रारम्भमा उक्त कार्ड आफ्ना १६० एटीएम तथा ६ हजारभन्दा बढी पस टर्मिनलहरुमा स्वीकार गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .