रोह्तो मेन्थोलातुम नेपाल प्रालिले सोलुखुम्बुको सोलुदूधकुण्ड गाउँपालिकामा सामुदायिक पुस्तकालय स्थापनामा सहयोग गरेको छ।
रोह्तो मेन्थोलातुमले जुनबेसी, सोलुदुधकुण्ड नगरपालिकामा ‘जुनबेसी सामुदायिक पुस्तकालय र अनुसन्धान केन्द्र’ स्थापना गर्न सहयोग गरेको हो।
यस परियोजनाले सामुदायिक पुस्तकालयको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ। उक्त पुस्तकालय किताबहरूमा मात्र सीमित नभई कम्प्युटर, इन्टरनेट र आरामदायी फर्निचरको सुविधा पनि छन्।
सामुदायिक पुस्तकालयमा मुख्य पुस्तकालय खण्ड, बालबालिका खण्ड, महिला खण्ड, आईटी खण्ड, युवा खण्ड, सामुदायिक बालबालिका र वयष्क दुवै गरी आठ सय जना पाठकहरूलाई सेवा दिने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
यो पुस्तकालय शिक्षाको क्षेत्रमा काम गर्ने जापानको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था शान्ति भोलुन्टर एसोसिएसन (एसभीए), जापान सरकार तथा अन्य दाताहरूसँगको सहकार्यमा स्थापना भएको हो।
यो सामुदायिक पुस्तकालय २०२२ सेप्टेम्बर २४ मा पुस्तकालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो । त्यस कार्यक्रममा प्रदेश सभा सांसद, सोलुदुधकुण्ड नगरपालिकाका मेयर, दाताका प्रतिनिधि, बालबालिका तथा स्थानीय जनताको उपस्थिति रहेको थियो।
रोह्तोका प्रतिनिधि सृजन श्रेष्ठले पनि उक्त कार्येक्रम मा सहभागी भई त्यहाको बालबालिका तथा स्थानीयसँग उक्त पुस्तकालय स्थापना भएकोमा खुसी साटासाट गरेका थिए। उनले रोह्तोको समाजलाई सहयोग र भविष्यमा विश्व स्वास्थ्यलाई सघाउने उद्देश्यबारे जानकारी दिए।
रोह्तो मेन्थोलातुम रोह्तो फर्मास्युटिकल कम्पनी लिमिटेड जापानको शतप्रतिशत विदेशी लगानीमा स्थापना भएको कम्पनी हो। रोह्तो कस्मेटिक तथा स्वास्थ्य हेरचाह उत्पादन गर्ने बहु–राष्ट्रिय कम्पनी हो।
सन् १८९९ मा स्थापना भएको रोह्तोले हाल एसिया, अमेरिका, युरोप र अफ्रिकामा सहायक कम्पनी सञ्चालन गरिरहेको छ। रोह्तोका उत्पादनहरू विश्वका १२० देशहरूमा उपलब्ध छन् र लाखौँ ग्राहकहरूले मन पराउँछन्।
नेपालमा सन् २०१८ मा स्थापना भएको रोह्तो मेन्थोलातुम नेपालले हाल छालाको हेरचाह र कस्मेटिक उत्पादनहरू जस्तै फेश वास, सनस्क्रिन, पिम्पल ट्रिटमेन्ट गर्ने प्रोडक्टहरू उत्पादन गरिरहेको छ।
Shares
प्रतिक्रिया