मधेश प्रदेशका ६४ प्रदेशसभा क्षेत्रमध्ये अहिलेसम्म २७ वटा क्षेत्रको नतिजा सार्वजनिक भएको छ। अहिलेसम्म सार्वजनिक परिणाम अनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी ७ वटा प्रदेशसभा क्षेत्रमा जीत दर्ता गरेको छ।
कांग्रेसका उम्मेदवार ६ वटा प्रदेशसभा क्षेत्रमा अगाडि छन्। यसले मधेश प्रदेशसभा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने संकेत देखिएको छ।
जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीले ४÷४ प्रदेशसभा क्षेत्रमा जीत हात पारेका छन्। जसपा ५, लोसपा ३ र जनमत पार्टी २ प्रदेशसभा क्षेत्रमा अगाडि छन्।
नेकपा एमालेले १ प्रदेशसभा क्षेत्रमा जीत निकालेको छ भने ९ प्रदेशसभा क्षेत्रमा अग्रता कायम राखेको छ।
Shares
प्रतिक्रिया