मंगलम इण्डष्ट्रिज प्रा. लि. औद्योगिक उत्पादन क्षेत्रबाट धेरै कर बुझाएर आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वर, नेपाल सरकारद्वारा सम्मानित भएको छ।
आर्थिक वर्ष २०७७/०७८ मा आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वरको कार्य क्षेत्र अन्तर्गत सर्वाधिक आयकर दाखिला गर्न उक्त उद्योग सफल भएको हो।
राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आयोजित विशेष समारोहका बीच कम्पनीलाई प्रदान गरिएको सम्मान पत्र मंगलम इण्डष्ट्रिज प्रा. लि. का लागि कम्पनीका अध्यक्ष, सुदर्शन चुरिवाल र निर्देशक, सशी चुरिवालले ग्रहण गरेका थिए।
कम्पनीका अध्यक्ष, सुदर्शन चुरिवालले सोही उपलक्ष्यमा बोल्दै देशमै उत्पादन गरी देशको अर्थतन्त्रमा योगदान पुर्याएर सम्मानित हुन पाउँदा गौरवान्वित भएको बताए।
उनले भने, ‘देशको हितमा यस्तो शुभ कार्यलाई निरन्तरता दिन हामीलाई थप प्रोत्साहन मिलेको छ। साथै, यस यात्राको क्रममा हामीसँग हातमा हात मिलाई ,काँधमा काँध मिलाई अघि बढ्न साथ दिनुहुने सम्पूर्णमा हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छौँ।’
मंगलमले घर तथा उद्योग निर्माणको क्रममा आवश्यक पर्ने पाइप तथा फिटिङसम्बन्धी सम्पूर्ण सामग्रीहरु उत्पादन गर्दै आएको छ। यो खानेपानी आपूर्ति, प्लम्बिङ, स्यानिटेसन र ड्रेनेज पाइपहरूको नेपालको अग्रणी निर्माता हो।
Shares
प्रतिक्रिया