भन्सार विभागको महानिर्देशकमा चक्रबहादुर बुढा नियुक्त भएका छन्।
विभागमा महानिर्देशक रहेका कमल भट्टराईलाई अर्थ मन्त्रालय तानेर अर्थमन्त्री जनार्दन शर्माले बुढालाई विभागको जिम्मेवारी दिएका हन्।
कमल भट्टराईलाई संस्थान महाशाखामा जिम्मेवारी दिइएको मन्त्रालयले जानकारी दिएको छ।
करिब २ हप्ताअघि मात्रै आन्तरिक राजस्व विभागको जिम्मेवारी समेत हेरफेर भएको थियो।
राजस्व विभागका रितेश शाक्यलाई मन्त्रालय तानेर उनको स्थानमा दिर्घराज मैनालीलाई पठाइएको थियो।
60
Shares
प्रतिक्रिया