नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसंग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको पदाधिकारी प्रतिनिधिमण्डलले आज गृह मन्त्रालयमा भेटवार्ता गरेको छ ।
सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले नवनियुक्त गृह मन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुुभकामना दिए। सो अवसरमा अध्यक्ष गोल्छाले मुुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रका विविध पक्षमाथि ब्रिफिङ गरे।
भेटवार्ताका क्रममा महासंघ तथा जिल्ला÷नगर उद्योग वाणिज्य संघ, वस्तुुगत संघका पदाधिकारी एवं कार्य समितिका सदस्य उद्योगी व्यवसायीको मर्यादाक्रमको उचित प्रबन्धका लागि अनुरोध समेत गरिएको थियो ।
त्यसैगरी सीमाक्षेत्रबाट हुने अवैध आयात÷व्यापार नियन्त्रणमा पनि महासंघले भेटवार्ताका गृहमन्त्री समक्ष अनुरोध गरेको थियो। भेटवार्तामा शान्ति सुरक्षाको विषयमा पनि जोड दिइएको थियो ।
जिल्ला जिल्लामा हुने औद्योगिक व्यापारिक मेला महोत्सवको आयोजना उद्योग वाणिज्य संघहरूबाट गर्ने व्यवस्थाका लागि सहयोग गर्न आग्रह गरिएको थियो ।
सो अवसरमा नवनियुक्त गृहमन्त्री लामिछानेले महासंघको शुुभकामना तथा सदासयताका लागि आभार प्रकट गरे। गृहमन्त्री लामिछानेले देशका लागि अर्थतन्त्र, उद्योग व्यवसायको महत्वलाई आफूले राम्रोसँग मनन गरेकाले भेटवार्तामा महासंघले राखेका सुुझावलाई आफूले गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनमा सकेको सहयोग गर्ने विश्वास दिलाए।
Shares
प्रतिक्रिया