ad ad

खेल


बढ्यो आहा रारा पोखरा गोल्डकप फुटबलको पुरस्कार राशी, विजेताले १२ लाख पाउने

बढ्यो आहा रारा पोखरा गोल्डकप फुटबलको पुरस्कार राशी, विजेताले १२ लाख पाउने

नेपालखबर
पुस १२, २०७९ मंगलबार १७:५१, काठमाडौँ

बिहीबारदेखि सुरु हुने आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा वृद्धि भएको छ। 

आयोजक सहारा क्लबले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको र पुरस्कार रकममा वृद्धि गरिएको जानकारी दिएको हो। 

यो पटक पहिलो पुरस्कारमा २ लाख तथा दोस्रो पुरस्कारमा १ लाख रुपैयाँ वृद्धि गरिएको सहारा क्लबले बताएको छ। 

२२औँ संस्करणको विजेताले १२ लाख तथा उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यसअघिको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ आएका थिए। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन्। 

प्रत्येक खेलको प्लेयर अफ दि म्याचले ८ हजार रुपैयाँ पाउनेछन्। फाइन खेलको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन्। 

यो पटक आहा रारा पोखरा गोल्डकपको प्रि क्वार्टरफाइनलको खेल हेर्न दर्शकले १ सय, सेमिफाइलका लागि २ सय र फाइनल खेल हेर्न ३ सय रुपैयाँ टिकट दर तोकेको छ। प्रतियोगिता अवधिभरको सिजनल टिकटका लागि दुई हजार रुपैयाँ तोकिएको छ। 

प्रतियोगितामा यो पटक नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब, मिनेस्टा युएसए, नेपाल प्रहरी फुटबल क्लब, संकटा क्लब र आयोजक सहारा क्लब पोखरा गरि १० टोली सहभागी हुँदै छन्। 

प्रतियोगिताको कुल आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैया र कुल खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान हुने आयोजकले आशा गरेको छ। 

प्रतियोगिता पुस १४ गतेदेखि २३ गतेसम्म पोखरा रङ्गशालामा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .