हालै मेगा बैंकको सीईओबाट राजीनामा दिएकी रविना देशराज केही दिनयता प्रेमीसँगको घुमघाममा व्यस्त भएकी छिन्।
बैंकबाट राजीनामा दिएसँगै आफ्ना प्रेमी सार्वजनिक गरेकी उनी अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा आफ्ना प्रेमीसँगको घुमघाममा व्यस्त भएकी हुन्। शनिबार उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो भ्रमणका केही तस्बिर पनि सार्वजनिक गरेकी छिन्।
मडागास्करको मन्द्रारे रिभर क्याम्पको यात्राको क्रमका केही अनुभव पनि उनले राखेकी छिन्। उनले जंगलको यो यात्राको क्रममा जंगली जनावर, स्थानीय जनावर, पुतली र चराचुरुङ्गीसहितको यात्रा अविस्मरणीय भएको उल्लेख गरेकी छिन्।
मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाँदै छ। मर्जरपछि पनि रविना देशराजलाई सिनियर डेपुटी सीईओको जिम्मेवारी दिने सहमति भएको थियो। तर उनले बैंर्कर पेशाबाट बाहिरिने निधो गरेकी थिइन्।
गत हप्ता मात्रै मेगा बैंकको संचालक समितिले उनको राजीनामा स्वीकृत गरेको थियो। उनी केही वर्षअघि देखि मेगा बैंकको डेपुटी सीईओ थिइन। मेगा बैंकको सिइओ अनुपमा खुञ्जेलीको कार्यकाल सकिएपछि उनलाई सीईओको जिम्मेवारीसमेत दिइएको थियो। उनी ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन्। उनीसँग स्ट्याण्डर्ड चार्टर्ड, नबिल र मेगा बैंकमा काम गरेको अनुभव छ।
Shares
प्रतिक्रिया