ad ad

कारोबार


ललितपुरको रोयल एलिनाज बेकरी क्याफेलाई २० हजार जरिवाना

ललितपुरको रोयल एलिनाज बेकरी क्याफेलाई २० हजार जरिवाना

नेपालखबर
असोज ८, २०८१ मंगलबार २२:१२, काठमाडौँ

फोहोरकै थुप्रोमा खाद्य सामग्री राखेर सर्वसाधारणको स्वास्थ्यमा गम्भीर हेलचेक्र्‍याइ गरेको भन्दै ललितपुरको रोयल एलिनाज बेकरी क्याफेलाई २० हजार जरिवाना भएको छ।

जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायत निकायले मंगलबार गरेको अनुगमनमा सो क्याफेले न्युनतम मापदण्ड मिचेको पाइएको हो।

अनुगमनका क्रममा क्याफेको खाद्य पदार्थ डस्टबिनसँगै भेटिएको उद्योग वाणिज्य कार्यालय ललितपुरका अनुगमन अधिकृत सन्जय थापाले जानकारी दिए।

‘मानिसको जीवनसँग जोडिएको खानेकुरा फोहोर मैला भएकै ठाउँमा राखेर गम्भीर लापरबाही गरेको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले जरिवाना गरेको हो', थापाले भने, 'यस्तै २५ रुपैयाँ पर्ने बोतलको पिउने पानीलाई ५० रुपैयाँमा बेचेर ठगी गरेको भेटियो।’

यस्तै बजार अनुगमन टोलीले मानभवनमा रहेको जोइन्ट बार एन्ड ग्रिललाई पनि १० हजार जरिवाना तिराएको छ।

३५ रुपैयाँको बोतलको प्रोसेस पिउने पानीलाई सयमा बेचेको भेटिएपछि कारबाही गरेको अनुगमन अधिकृत थापाले बताए।

दर्ता प्रमाणपत्र नभएको, प्यान/भ्याटमा दर्ता नभएको सामान्य बिलबिजक पनि जारी नगरेको पाइएको छ।

‘जोइन्ट ग्रिलले आन्तरिक राजस्वको अन्त:शुल्क प्रमाणपत्र नलिई अल्कोहलजन्य पेयपदार्थ बिक्रीवितरण गरेको भेटियो’, थापाले थपे, ‘सोही कारण रक्सी पसल सिल गरिएको छ।’

दर्ता नगरेसम्म अब बिक्रीवितरण पूर्णरुपमा रोक लगाइएको उनले बताए।

अनुगमन टोलीले सोमबारदेखि थालेको अनुगमन दशैँसम्म जारी रहने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .