ad ad

कारोबार


सेयरबजार : झण्डै ३ अर्बको सेयर कारोबारमा यी हुन् धेरै कमाउने लगानीकर्ता

सेयरबजार : झण्डै ३ अर्बको सेयर कारोबारमा यी हुन् धेरै कमाउने लगानीकर्ता

नेपालखबर
पुस १८, २०७९ सोमबार १५:२०, काठमाडौँ

सेयरबजार आज पनि दोहोरो अंकले बढेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.५६ अंकले बढेर २०६३.८३ विन्दुमा पुगेको हो। 

योसँगै आज २५३ कम्पनीको ८२ लाख ७१ हजारभन्दा धेरै कित्ता सेयर बिक्री भएको छ। ४८ हजार पटक भएको किनबेचमा २ अर्ब ९६ करोडको सेयर कारोबार भएको हो। 

आज १६५ कम्पनीको सेयर मूल्य बढेको छ भने ३९ वटाको घटेको र सातवटाको अपरिवर्तित छ। 

कसले कमाए? 
आज पनि धौलागिरि लघुवित्तका सेयरधनीले धेरै कमाएका छन्। कम्पनीको मूल्य १० प्रतिशतले बढ्दा उनीहरुले प्रतिकित्ता ११५ रुपैयाँ कमाएका हुन्। 

यसबाहेक सृजनशील लघुवित्तका सेयरधनीले १९४.१०, खप्तडका सेयरधनीले ९५.९०, अजोड इन्स्योरेन्सका सेयरधनीले ४६.५० र प्रभु इन्स्योरेन्सका सेयरधनीले ४४.४० रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। 

आज सेयरधनीले ४.८० प्रतिशतसम्म गुमाएका छन्। सोमबार सर्वाधिक कारोबार भने नबिल बैंकको भएको छ। प्रतिकित्ता ७३९ रुपैयाँ अन्तिम मूल्यमा बैंकको १६ करोडको सेयर कारोबार भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .