नेपालको ‘ब्यालेन्स अफ पेमेन्ट’ अर्थात् शोधनान्तर स्थिति बचतमा देखिएको छ। चालू आर्थिक वर्षको ६ महिना अवधीमा ९७ अर्ब १० करोडले बचतमा देखिएको हो।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति ६ महिना ७३ करोड ४४ लाखले बचतमा रहेको राष्ट्र बैंकले जारी गरेको तथ्याङ्कले देखाएको छ।
चालू आर्थिक वर्षको ६ महिना अवधीमा चालु खाता २९ अर्ब ४७ करोडले घाटामा रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३खर्ब ५२ अर्ब १६ करोडले घाटामा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता ६ महिना २३ करोड ३३ लाखले घाटामा रहेको छ।
६ महिना अवधिमा पुँजीगत ट्रान्सफर १९.१ प्रतिशतले कमी आई ४ अर्ब ४३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाख पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर५ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु।११ अर्ब ३४ करोड रहेको थियो।
Shares
प्रतिक्रिया