कारोबार


विदेश उड्नेले नेपाली उपहार त्रिभुवन विमानस्थलबाटै किन्न पाउने

विदेश उड्नेले नेपाली उपहार त्रिभुवन विमानस्थलबाटै किन्न पाउने

नेपालखबर
फागुन १६, २०७९ मंगलबार १३:३८, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गिफ्ट सप र कन्फेक्स्नरी (चकलेट, बिस्कुट) पसल सञ्चालनमा आउने भएको हो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले पसल सञ्चालनको लागि टेन्डर आह्वान गरेको हो। 

अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फ भुइँतल्लाको चेकइन एरियामा १६.२५ वर्गमिटरमा गिफ्ट पसल सञ्चालन हुनेछ। त्यस्तै भुइँतल्लाको चेकइन एरियामा १५.९ वर्गमिटर क्षेत्रफलमा कन्फेक्सनरी सप सञ्चालन हुने विमानस्थलले जनाएको छ। 

विमानस्थलमा छुट्टाछुट्टै टेन्डर आह्वान गर्दै नेपाल सरकारबाट इजाजतप्राप्त कम्पनीहरुबाट ३० दिनभित्र प्रस्ताव हाल्न आह्वान गरेको छ। ठेक्का पाइसकेपछि ५ वर्ष पसल सञ्चालन गर्न पाउनेछन्। 

गिफ्ट पसलले न्यूनतम २ करोढ ५६ लाख रुपैयाँ तिर्नुपर्नेछ भने कन्फेक्सनरी पसलले कम्तीमा ४ करोड १५ लाख रुपैयाँ कबोल गरी टेन्डरमा भाग लिन सक्नेछन्। 

हस्तकला व्यवसायीले त्रिभुवन विमानस्थलमा गिफ्ट पसल सञ्चालन गर्न माग गर्दै आएका थिए। त्रिभुवन विमानस्थलका कामु महाप्रबन्धक टेकनाथ सिटौलाले नेपाली वस्तु गिफ्ट सपमा राखिने बताए। 

‘नेपाली पहिचान झल्किने वा नेपालीले बनाएका वस्तु नै गिफ्ट सपमा राखिन्छ’, सिटौलाले भने, ‘विदेशी पर्यटक होस् वा नेपाली विदेश जाँदा गिफ्टसहित जाऊन् भन्ने हो।’

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान कक्षमा १७ वर्गमिटर क्षेत्रफलमा ब्यागेज ¥यापिङ सेवा सञ्चालनको लागि ठेक्का आह्वान गरेको छ।

विदेश जानेले ब्याग र्‍यापिङ गर्ने सुविधा समेत थिएन। यो ठेक्काको समयावधि पनि ५ वर्षकै हुनेछ। ठेक्कामा भाग लिनेले कम्तीमा २४ लाख रुपैयाँ ४८ हजार कबोल गर्नुपर्नेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .