कारोबार


१ सय ९६ कम्पनीको सेयर मूल्य घट्यो

१ सय ९६ कम्पनीको सेयर मूल्य घट्यो

नेपालखबर
फागुन २१, २०७९ आइतबार १५:२५, काठमाडौँ

सेयरबजारमा साताको पहिलो कारोबार दिन नै ओरालो लागेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा झरेको हो। 

योसँगै १९६ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने १८ कम्पनीका सेयरधनीले मात्रै कमाएका छन्। 

आज दुईवटा कम्पनीको उही मूल्यमा कारोबार भएको नेप्सेले जनाएको छ। 

आज बजार खुलेदेखि नै ओरालो लागेको थियो। 

आइतबार २५९ कम्पनीको ३८ लाख कित्ता सेयर बिक्री भएको हो। दिनभरिमा ३० हजार पटकको खरिदबिक्रीपछि १ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको हो। 

आज सुपरमादी हाइड्रोको सेयर १० प्रतिशतले बढे पनि बाँकी कम्पनीको सोही हाराहारीमा सेयर बढेन। 

आइतबार धेरै गुमाउनेमा सामलिङ पावर कम्पनीका लगानीकर्ता छन्। उनीहरुले १० प्रतिशत गुमाएका हुन्। सर्वाधिक कारोबार भने हिमालयन डिस्टिलरीको ८ करोड ४४ लाखको भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .