कारोबार


ग्लोकल स्कुलको आयोजनामा स्किल विकको चौथो संस्करण हुने

ग्लोकल स्कुलको आयोजनामा स्किल विकको चौथो संस्करण हुने

नेपालखबर
फागुन २८, २०७९ आइतबार १७:५४, काठमाडौँ

ग्लोकल आफ्टर स्कुलले यस वर्ष पनि स्किल विक कार्यक्रम गर्ने भएको छ। 

गत वर्ष पनि सयौँ युवाहरूले उक्त साझा प्लेटफर्ममा विभिन्न सीपमूलक कार्यशाला एवम प्रतिस्पर्धामा उल्लेखनीय उपस्थिति जनाएका थिए। 

यस वर्ष पनि स्किल विक कार्यक्रमको नयाँ संस्करण गर्नलागेको स्कुलले जनाएको छ। यसले रोजगारको लागि सीपको लागि इको सिस्टम निर्माणको लागि कडा उद्देश्य राखेको स्कुलले जनाएको छ। 

स्किल विक कार्यक्रम मार्च १३ देखि १९ मार्चसम्म सन्चालन हुँदै छ। १६ देखि ३० वर्षकाले कार्यक्रममा निःशुल्क रुपमा सहभागिता जनाउन सक्नेछन् र सोही कार्यक्रमबाट सीप विकासको बारे जानकारी लिन सक्नेछन्। 

यो युवाहरुका लागि एक खुल्ला मञ्च हो। सम्पूर्ण आवेदन निःशुल्क हुनेछन् र युवाहरुले सीपका विभिन्न किसिमका यस क्षेत्र, बजारको माग एवम सिपको महत्वका बारेमा जानकारी पाउनेछन्। 

स्किल विकले युवाहरुलाई विभिन्न सीपका बारेमा अन्वेषण गर्न, आफूसंलग्न हुन एवम ज्ञान हासिल गर्न सहयोग पुग्नेछ।  

‘स्किल विक एक हप्ते कार्यक्रम हो जसमा विभिन्न सीपमूलक तालिमहरुलगायत सीपयुक्त कार्यशाला, तालिम, केस अध्ययनलगायत मनोरञ्जनलाई मध्यनजरमा राख्दै सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोशिस गरिनेछ’, स्कुलले भनेको छ।  

कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिई तिनै क्षेत्रबाट सीपमूलक रोजगारीका अवसर, बढ्दोे सीपप्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्य लिई यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ। 

यसमा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य र विज्ञान र प्रविधि रहेका छन्। 

कार्यक्रमका मुख्य विशेषताहरु ( छलफल, सीपमूलक प्रस्तुति, केस अध्ययन प्रतियोगिता, प्रतिस्पर्धा, कार्यशाला, तथा मनोरन्जन रहेका छन्। 
१३ मार्च देखि १९ मार्च सम्म  बिभिन्न संघसंस्थाद्वारा अन्लाईन तथा अफलाइन तालिम एवम कार्यशाला प्रदान गरिने जनाइएको छ। १८

मार्चमा, स्किल फेस्ट नामक अत्यन्त रमाइलो कार्यक्रम एस इन्स्टिच्युट अफ मेनेजमेन्टमा सञ्चालन गरिनेछ। 

त्यसैगरी यस वर्षको सीप सप्ताह तीनवटा विषयमा आधारित छ जसमा हरित इकोसिस्टम, दिगो अर्थतन्त्र र अन्तर्राष्ट्रिय कनेक्टिभिटी पर्दछन्।

सीप सप्ताह २०२३ उपत्यका बाहिर चितवन, जनकपुर, विराटनगर र वीरेन्द्रनगरमा पनि आयोजना हुँदै छ। 

१९ मार्च, समापन समारोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२३ नामक भव्य कार्यक्रम सञ्चालन गरिनेछ । सी ई वो अनप्लग्ड ग्लोकलको वार्षिक रुपमा सञ्चालन गर्ने कार्यक्रम हो। 

‘यो एक फोरम हो जहाँ व्यापारका चुनौती, अवसर एवं प्रयोगात्मक शिक्षाको महत्व एवम नवआगन्तुक व्यापारका पारखीहरुलाई मार्गदिशा प्रदान गर्न सञ्चालन गरिन्छ’, स्कुलले भनेको छ। 

कार्यक्रमको मुख्य नारा भनेको टुडे मिट्स टुमरो रहेको छ। सोही दिन स्किलको क्षेत्रमा योगदान दिएका ४ जना ब्यक्तितत्वहरुलाई सिप पुरस्कार मार्फत सम्मानित गरिनेछ। सम्मानित हुने व्यक्तित्वहरुको सीप क्षेत्रको महत्वपूर्ण कार्यलाई प्रशंसा गर्दै कार्यक्रममा आउने विद्यार्थी एवम व्यापारजगतका व्यक्तिहरुलाई  थप ऊर्जा तथा उत्साह प्राप्त हुनेछ।   

कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि यो कार्यक्रम विभिन्न संसंस्थाको साझेदारिमा सन्चालन हुन गइरहेको स्कुलले जनाएको छ। 

रणनीतिक साझेदारका रूपमा भारतीय राजदूतावास, अन्तर्राष्ट्रिय श्रम संगठन, यूएनएचसीआर र अनुरोध नेपाल स ज्ञान साझेदारको रूपमा एस इन्स्टिच्युट अफ मेनेजमेन्ट, इकोसिस्टम साझेदारको रूपमा नियोस्फिअर, इन्टरनेट साझेदारको रूपमा वर्ल्डलिंक, साझेदारका रूपमा होन्डा, ब्रिटिश काउन्सिल, काठमाडौं वल्र्ड स्कूल, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, राकुटेन भाइबर, एयरलाइन्स साझेदारको रूपमा यति एयरलाइन्स, आधिकारिक होटल साझेदारको रूपमा सोल्टी होटल; अन्य सहयोगीहरू डिश, होम नेपाल लाईफ इन्स्योुरेन्स, इसेवा, जब्स डाइनामिक्स, साक्छा, इभेन्ट्समो र कजि होम रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .