ad ad

कारोबार


उद्योगीको चुनाव : उमेशलालको टिम शनिवार घोषणा हुने, संघाईको टिम पनि तयार

उद्योगीको चुनाव : उमेशलालको टिम शनिवार घोषणा हुने, संघाईको टिम पनि तयार

नेपालखबर
चैत १४, २०७९ मंगलबार १९:२०, काठमाडौँ

नेपाल उद्योग वणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभाले चयन गर्ने नयाँ नेतृत्वको लागि तीन प्यानल बनेको छ।  तीनवटै प्यानल घोषणाको लागि तयारी अवस्थामा छन्। 

वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाईले आ-आफ्नो टिम तयार गरेका हुन्। 

उमेशलाल श्रेष्ठले आफ्नो टिम घोषणाा गर्न यही हप्ता घोषणा सभा नै आयोजना गर्ने भएका छन्।

चैत २८ र २९ गते हुने साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै छ। यसअघि वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका चन्द्रप्रसाद ढकाल अध्यक्ष हुँदै छन्। 

अबको वरिष्ठ उपाध्यक्षका लागि अञ्जन, उमेशलाल र सांघाईले दावेदारी पेश गरेका छन् भने अन्य पदको उम्मेदवार समेत तयार गरेर नयाँ प्यानलहरु बनाएका छन्। 

शनिवार प्यानल घोषणा गर्न लागेका उमेशलाल श्रेष्ठको टिममा एसोसिएट उपाध्यक्ष भरत आचार्य, वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ रहने गरी  सेट भएको छ। 

रामचन्द्र संघाईको भने एसोसिएट उपध्यक्षमा सन्दिप अग्रवाल, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र जिल्ला नगर सुरकृष्ण वैद्य उठ्ने गरी टिम सेट भएको छ।

अन्जन श्रेष्ठको टिममा एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी छन्।

टिम सेट मिलिसककोले रामचन्द्र संघाई पनि घोषणा गर्ने मिति जुराई रहेका छन्। भने अञ्जन श्रेष्ठ पनि कार्यकारीणी सदस्य सहितको टिम घोष्णा गर्ने तयारीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .