इन्डियन रेफ्रिजिरेटर ब्रान्ड गोदरेजले नयाँ वर्ष २०८० लाई लक्षित गरी ‘क्यास ब्याक’ योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत ग्राहकहरुले गोदरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
ग्राहकहरुले यो योजनाको लाभ चैत्र १७, २०७९ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि उठाउन सकिने कम्पनीले जनाएको छ।
ग्राहकहरुले हरेक गोदरेजको सामानको खरिदमा २६ प्रतिशतसम्मको अधिकतम छुट पाउन सकिने कम्पनीले जनाएको छ।
यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ। गोडरेजका सामानहरुमा १० वर्षको कम्प्रेसर वारेन्टी र मोटर वारेन्टी रहेको छ।
नेपाल अधिराज्यभर गोदरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी इओएल रहेको छ। सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गत्थाघर, कीर्तिपुर, रविभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।
Shares
प्रतिक्रिया