कारोबार


भारतले २ हजारको नोट नचलाउने, बजारबाट फिर्ता लिँदै

भारतले २ हजारको नोट नचलाउने, बजारबाट फिर्ता लिँदै

नेपालखबर
जेठ ५, २०८० शुक्रबार २०:१८, काठमाडौँ

भारत सरकारले सन् २०१६ देखि जारी गरेको २ हजार दरको नोट नचलाउने निर्णय गरेको छ। भारतीय रिजर्भ बैंकले २ हजार दरको नोट बजारबाट फिर्ता लिने निर्णय गरेको हो। 

तर यो दरको नोट अहिले नै प्रयोगमा अमान्य भने हुने छैन। सन् २०१६ मा ५ सय १ हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि यसको स्थानमा २ हजारको नोट जारी गरेको थियो। 

यो नोटको छपाई सन् २०१९ मै बन्द भइसकेको छ। भारतीय २३ मे देखि १३ सेप्टेम्बरसम्म २ हजार दरका सबै नोट फिर्ता लिने निर्देशन बैंकहरूलाई दिएको हो। 

तर यो नोट एक पटकमा अधिकतम २० हजार रुपैयाँमात्रै साट्न पाइनेछ। 

यो निर्णयको असर नेपालमा पनि देखिन सक्छ। खुला नाका भएका कारण भारतबाट आएका पर्यटकहरूले सिमावर्ती क्षेत्रमा यो नोट प्रयोग गर्ने गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .