सुजी उद्योगी तथा व्यापारीलाई सरकारले मूल्य अभिवृद्धि करमा बिशेष छुट दिएको छ। आगामी आर्थिक बर्षको बजेटबाट त्यस्ता व्यवसायीहरुले २०७१ देखि २०७६ सालसम्मको कर अगामी असोजसम्म बुझाएमा ब्याज,जरिवाना लगायतका ४ प्रकारका करमा छुट पाउने भएका हुन्।
अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटमार्फत सुजि उत्पादन वा बिक्री वितरण गर्ने व्यक्ति तथा सस्थाले २०७१ सालदेखि २०७६ जेठ १४ सम्म बाँकी रहेको मूल्य अभिबृद्धि कर नतिरेकाहरुले यहि असोजमसान्त भित्रमा दाखिल गरेमा थप दस्तुर, ब्याज र जरिवाना तिर्न नपर्ने व्यवस्था गरेको हो।
यसअघि पाँच बर्षदेखि मूल्य अभिबृद्धिकर नतिरेका व्यवसायीले पाँच प्रतिशत कर सहित थप दस्तुर,ब्याज र जरिवाना पनि तिर्नुपर्ने व्यवस्था थियो।
अगामी बर्षको बजेटबाट यदि त्यस्ता उद्योगीहरुले आउँदो असोज मसान्तसम्म कारोबार रकमको पाँच प्रतिशत रकम तिरेमा बाकी कर,थप दस्तुर,ब्याज र जरिवाना मिनाहा हुने भएको हो।
Shares
प्रतिक्रिया