अन्तर्राष्ट्रय सन्जाललाई बढाउने क्रममा विस्ताराले काठमाडौंलाई पनि आफ्नो सन्जालमा जोडेको हो।
विस्ताराले काठमाडौंलाई आफ्नो पाँचौं अन्तर्राष्ट्रिय गन्तव्यको रुपमा छानेको बताएको छ। एयरलाइन्सका अनुसार आगामी महिना फेब्रुअरी ११ देखि विस्ताराले दिल्ली–काठमाडौं उडान भर्ने भएको छ।
भारतीय समूह टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी रहेको विस्तारा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत लेज्ली थिनले भने,‘हामी हाम्रो सेवा काठमाडौंमा सन्चालन गर्न पाउदा खुशी छौं। यसले नेपाल र भारतको व्यापार र संस्कृती आदान प्रदानमा भूमिका खेल्नेछ भन्नेमा आशावादी छौं। नेपालले पर्यटन वर्ष मनाइरहँदा यो सेवा सुरु गर्नु उपयुक्त समय हो।’ बिजनेस ट्राभलर
#Vistara adds Kathmandu, #Nepal to its network. Nepal will be the fifth international destination and will operate daily flights between #Delhi and #Kathmandu starting Feb. 11, 2020.https://t.co/LNCE7VweWm pic.twitter.com/ffNcSXBiiH
— Nepal Tourism Board (@nepaltourismb) January 14, 2020Shares
प्रतिक्रिया