ad ad

कारोबार


सेयर धितो कर्जा, रियल स्टेट र अटो कर्जाको जोखिम भार घट्यो

सेयर धितो कर्जा, रियल स्टेट र अटो कर्जाको जोखिम भार घट्यो

फाइल तस्बिर


नेपालखबर
साउन १२, २०८० शुक्रबार १७:२०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा, रियल स्टेट कर्जा र अटो कर्जाको जोखिम भार घटाएको छ। 

शुक्रबार सर्कूलर जारी गर्दै राष्ट्र बैंकले सेयर धितो कर्जा, रियल स्टेट कर्जा र अटो कर्जाको जोखिम भार घटाएको हो। 

यसअघि २५ लाखमाथिको कर्जाको जोखिम भार १५० प्रतिशत थियो।

अब ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत झारिएको छ।

त्यसैगरी ५० लाखमाथिको सेयर धितो कर्जाको जोखिमभार भने १५० प्रतिशत नै कायम रहेको छ। 

व्याक्तिगत २५ लाखसम्मको अटो कर्जाको जोखिम भारसमेत १०० प्रतिशत कायम गरिएको छ।

यसअघि यस्तो कर्जाको हकमा जोखिम भार १५० प्रतिशत थियो। 

त्यसैगरी २५ लाखमाथिको व्याक्तिगत अटो कर्जाको जोखिम भार १५० प्रतिशत रहने राष्ट्र बैंकले जनाएको छ। 

त्यसैगरी रियल स्टेट कर्जाको हकमा जोखिम भार १०० प्रतिशत कायम गरिएको छ।

संस्थागत परियोजना र नेपाल सरकारले जग्गा खरिद गर्न र डेभलपमेन्ट प्रयोजनका लागि लिने कर्जाको जोखिम भार १०० प्रतिशत कायम रहने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .