व्यवसायी दुर्गा प्रसाईंले ‘मारवाडी समुदायले अर्थतन्त्र तहस नहस तुल्याएको’ लगायतका लान्छना लगाएपछि वीरगन्ज उद्योग वाणिजय संघले विज्ञप्ती नै जारी गरेको छ।
विगत केही महिनाअघिदेखि सार्वजनिक रुपमा नै व्यवसायी प्रसाईंले देश बिगार्ने नै मारवाडी समुदाय रहेको बताउँदै आएको छ।
प्रसाईंको उक्त भनाईलाई गैर जिम्मेवार बताउँदै संघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
नेपालको औद्योगिकीकरण इतिहासमा अग्रभागमा रहेको तथा उद्योग, व्यापारका माफर्त देशको अर्थतन्त्र, रोजगारी सृजना गर्नेदेखि हरेक क्षेत्रमा मारवाडी समुदायले यागदान पुर्याएको संघले बताएको छ।
यस्ता व्यक्तव्यबाजी नगर्न समेत संघले सचेत गराएको छ।
135
Shares
प्रतिक्रिया