ad ad

कोशी


कोशी प्रदेश सभामा सांसदहरूले भने– सरकारले डेंगी नियन्त्रणमा चासो दिएन

कोशी प्रदेश सभामा सांसदहरूले भने– सरकारले डेंगी नियन्त्रणमा चासो दिएन

नेपालखबर
भदौ १, २०८० शुक्रबार १७:८, काठमाडौँ

लामो समयदेखि स्थगित भएर शुक्रबारदेखि सुरु भएको प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरूले समसमयीक विषयहरू उठाएका छन्। 

कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको तेस्रो बैठकमा प्रदेश सभा सदस्यहरूले डेंगी रोग नियन्त्रण,  बाढी पहिरो, मृत्यु र क्षतिपूर्तिका कुरालाई प्राथमिकताका साथ उठाएका हुन्।

कोशी प्रदेशसभाको शून्य समयमा बोल्ने सांसदहरूले डेँगी रोकथाम र नियन्त्रणको बारेमा कोशी प्रदेश प्रदेश सरकारले कामै गर्न नसकेको आरोप लगाए।

प्रदेश सभा सदस्य सपना दर्जीले सन् २००४ मा १ जनामा सङ्क्रमण देखिएको डेंगीको सङ्क्रमण बिहीबार सम्म १४ हजार ३५७ जनामा देखिएको बताइन्।

उनले यो तथ्याङ्क मध्ये सुनसरीमा मात्र ५२ प्रतिशत सङ्क्रमित रहेको मध्ये सबैभन्दा धेरै धरानमा सङ्क्रमण दर रहेको बताइन्। नियन्त्रण, सङ्क्रमण र रोकथाममा तत्काल काम थाल्न उनले सरकारको ध्यानाकर्षण गराइन्।

अर्की प्रदेश सभाकी सदस्य निरादेवी खनालले डे्रगी सङ्क्रमणको बारेमा जानकारी दिँदै धरानमा १० हजार सङ्क्रमित भएकोमा ९ जनाको मृत्यु भएको बताइन्। 

डेंगी  नियन्त्रण गर्नु पर्ने, आँखा पाक्ने रोक निवारण कोलागि  कुनै पहल नभएको पनि उनले बताइन्। लम्की स्कीनबाट भएको हानी नोक्सानीको बारेमा प्रदेश सरकारले काम नै गर्न नसकेको आरोप लगाइन्।

प्रदेश सभा सदस्य ममता तामाङ मगरले बराहक्षेत्रमा डेँगीको महामारी फैलिएको जानकारी गराइन्। त्यहाँ २ जनाको मृत्यु भइसकेको जानकारी दिँदै उनले महामारी फैलिन नदिन र जनताको जीवन रक्षाको लागि विशेष कार्यक्रम संचालन गरि डेंगु संकटकाल घोषणा गरि  काम थाल्न आग्रह गरिन्।

उनले धरान र बराह क्षेत्रमा भएको डेंगी रोकथामको अभियान चलाउन आग्रह गरिन्। 

अर्का प्रदेश सभा सदस्य  रमेशकुमार बस्नेतले डेंगी नियन्त्रण भन्दा बाहिर गएको बताए। वैशाख देखि धरानमा डेंगी प्रकोप फैलिएकोमा वैशाखदेखि साउन ३२ सम्ममा १६ हजार ८४०को डेँंगी परीक्षण गर्दा धरानमा मात्र १२ हजार १८४ जनामा सङ्क्रमण देखिएको उनले बताए। 

‘धरानमा यस्तो अवस्था हुँदा पनि तीन तहको सरकार के गरेर बसेको छ, उनले प्रश्न गर्दै भने, जनताले सरकारको महसुस गर्न पाएका छैनन्,  जनस्वास्थ्य आपत्काल क्षेत्र घोषणा गर्न माग गर्दछु,’ उनले भने।

प्रदेश सभा सदस्यहरू गोपाल तामाङ, छविलाल चुँडाल, सदा नन्द मण्डलले समेत डेंगी नियन्त्रणमा सरकार चुकेको र रोकथामको लागि कुनै प्रयास नै नभएको बताए।

प्रदेश सभा सदस्य छविलाल चुडालले मेची अस्पताल नबन्दै चुहिने अवस्थामा पुगेको पनि बताए। बाल रोग विशेषज्ञ नभएकोले सहज वातावरण बनाउन माग गरे।

मेची अस्पताल बनेको एक वर्ष पनि नहुँदै चुहुने भएको उनले उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .