ad ad

कारोबार


चालु पुँजी कर्जामा शून्य बक्यौता बनाउनु नपर्ने

चालु पुँजी कर्जामा शून्य बक्यौता बनाउनु नपर्ने

फाइल तस्बिर


नेपालखबर
भदौ ११, २०८० सोमबार ११:५०, काठमाडौँ

चालु पुँजी कर्जा आर्थिक वर्षको कुनै अवधिमा ७ दिन शून्य बक्यौता हुनुपर्ने व्यवस्था संशोधन भएको छ। 

संशोधन अनुसार १० प्रतिशतभन्दा कम बक्यौता ७ दिन भए पनि  तीन वर्षसम्मको लागि दिइने कर्मा सीमा सुविधा पाउने छन्। 

चालु पुँजी कर्जा मार्गदर्शन गत वर्ष कात्तिकबाट कार्यन्वयनमा अँएको छ। मार्गदर्शन लागु भएको मितिबाट ३ वर्ष सम्म कर्जा सिमा तोकिएको छ। 

जसअनुसार पहिलो वर्षको लागि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको ३० प्रतिशतभन्दा कम वक्यौता कायम गर्न सक्नेछन्। 

दोस्रो वर्षको लागि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको २० प्रतिशतभन्दा कम वक्यौता कायम गर्न सक्नेछन्। 

तेस्रो वर्षपछि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको १० प्रतिशतभन्दा कम वक्यौता कायम गर्नुपर्ने उल्लेख छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .