ad ad

कारोबार


ब्याजदरको उतारचढाव कम गर्न खुला बजार कारोबार विनियमावली संशोधन

दैनिक कारोबार सीमा १० अर्ब रुपैयाँ
ब्याजदरको उतारचढाव कम गर्न खुला बजार कारोबार विनियमावली संशोधन

फाइल तस्बिर


नेपालखबर
भदौ १३, २०८० बुधबार १४:५४, काठमाडौँ

नेपाल राष्ट्र बैंकले वित्तीय बजारमा तरलता व्यवस्थापन गर्ने बजार ब्याजदरलाई व्यवस्थित गर्न खुला बजार कारोबार विनियमावलीको तेस्रो संशोधन गरेको छ। 

राष्ट्र बैंकले अल्पकालिन ब्याजदरमा आउने उतारचढाव न्यूनीकरण गर्दै ब्याजदरलाई मौद्रिक नीतिले तय गरेको ब्याजदर करिडोर कायम गर्न विनियमावलीको तेस्रो संशोधन गरेको हो। 

वित्तीय बजारमा देखिने साधारण प्रकृतिको न्यून-अधिक तरलतालाई व्यवस्थापन गर्न आवश्यकताअनुसार साताको कुनै पनि कार्य दिनमा बढीमा चौध दिनसम्मलाई उपकरणमा आधारित खुल्ला बजार कारोबार गर्न सकिने उल्लेख छ। 

नियममित र खुलाबजार कारोबार तत्कालिन आवश्यकता र परिस्थति बमोजिम लिन पाइने भएको छ। 

खुल्ला बजार कारोबारको अधिकतम् बक्यौता ३० अर्ब ननाघ्ने गरी गरी दैनिक १० अर्ब हुने उल्लेख छ। 

के हो खुला बजार कारोबार? 
बजारमा तरलता व्यवस्थापन गर्ने र ब्याजदरलाई प्रभाव पार्ने उद्देश्यका साथ केन्द्रीय बैंकले छोटो अवधिका सरकारी ऋणपत्रहरू खुला बजारमा खरिद–बिक्री गर्ने कार्यलाई खुला बजार कारोबार भनिन्छ ।

खुला बजारमा केन्द्रीय बैंकले ऋणपत्र खरिद गर्दा बैंक तथा वित्तीय संस्थाहरूले केन्द्रीय बैंकबाट नगद प्राप्त गर्ने भएकाले बजारमा मुद्राको आपूर्ति बढ्छ र ब्याजदर कम हुन जान्छ।

त्यस्तै, खुला बजारमा ऋणपत्र बिक्री गर्दा बैंक तथा वित्तीय संस्थासँग भएको अधिक तरलता प्रशोचन हुन गई बजारमा मुद्राको आपूर्ति कम हुन जान्छ र ब्याजदर बढ्छ ।

नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागअन्तर्गत रहेको ‘खुला बजार कारोबार सञ्चालन समिति’ले मौद्रिक नीतिका उद्देश्यहरू प्राप्त गर्न नियमित, आकस्मिक एवं संरचनात्मक प्रकृतिको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागले तयार गर्ने तरलता अनुगमन तथा प्रक्षेपण संरचनासम्बन्धी प्रतिवेदन तथा निक्षेप एवम् कर्जाको विस्तार, अन्तरबैंक ब्याजदर, विदेशी विनिमयको प्रवाहलगायतका वित्तीय सूचकका आधारमा आवश्यकताअनुसार खुला बजार कारोबार सञ्चालन गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .