त्रिभुवन विमानस्थल कार्यालयले ५०० ट्रली थप गरेको छ। अन्तर्राष्ट्रिय यात्रुको सहजताका लागि भन्दै नयाँ ब्यागेज ट्रली ल्याएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले ५०० ट्रली थप गरेको बताए।
‘विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय आगमनतर्फ हाल खरिद गरिएका नयाँ ब्यागेज ट्रली सञ्चालनमा ल्याएको छ’ उनले भने, ‘यसको सञ्चालन सँगै विगतमा यात्रुहरुले ट्रलीका बारेमा गर्ने गरेको गुनासोको सम्बोधन हुनेछ।’
39
Shares
प्रतिक्रिया