ad ad

कारोबार


नेपालले कोदो उत्पादन बढाएर विदेश निर्यात गर्न सक्छ : कृषिमन्त्री भुसाल

नेपालले कोदो उत्पादन बढाएर विदेश निर्यात गर्न सक्छ : कृषिमन्त्री भुसाल

नेपालखबर
भदौ २०, २०८० बुधबार १२:५०, काठमाडौँ

कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाउनुपर्ने बताएका छन्।

उनले नेपालको पहाडी भूभाग कोदो उत्पादनका लागि उर्वर रहेको भन्दै कोदो उत्पादन गरी विदेशमा निर्यात गर्नसक्नुपर्ने बताए। उनले बाँदर आतंकबाट पनि अन्य अन्नबालीको तुलनामा कोदोलाई कम क्षति हुने भएकाले कोदोको उत्पादन गर्न आग्रह गरे।

राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री भुसालले सरकारले पनि कोदो उत्पादनलाई बढावा दिनेगरी काम गरिरहेको उल्लेख गरे। उनले कोदो स्वास्थ्यका लागि लाभदायी रहेको उल्लेख गरे। उनले समाजमा खानपानमा आएको परिवर्तनसँगै अस्वस्थताको कमी हुँदै गइरहेको समयमा प्राकृतिक कृषितर्फ र प्राकृतिक खानपानतर्फ मानिसहरुले रुचि राखिरहेको बताए।

खाद्यान्न वृद्धि गर्ने नेपालको अभियानलाई अगाडि बढाउन कोदो उत्पादन मुख्य सावित हुनसक्ने उनको भनाई थियो। जलवायु परिवर्तनको क्षेत्रमा आएको विश्वव्यापी परिवर्तनले खाद्यान्न उत्पादनको जोखिम आएको बताए।

उनले भने, ‘नेपालको भौगोलिक हिसावले पनि पहाडी क्षेत्र कोदो उत्पादनका लागि उर्वर छ, खाद्यान्न वृद्धिको जुन अभियान हामीले भनेका छौँ, त्यसका लागि यो महत्वपूर्ण क्षेत्र एउटा हो। जसलाई हामीले मकै र कोदो एकैपटक लगाउन सक्छौँ। जलवायु परिवर्तनको क्षेत्रमा आएको विश्वव्यापी परिवर्तनले खाद्यान्न उत्पादनको जोखिम छ, त्यसमा कोदो उत्पादन बढाउँदा राम्रो हुन्छ।’

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपाल र भारत मिलेर कोदोको उत्पादन बढाउनुपर्ने र कोदोबाट विभिन्न परिकार बनाएर विश्वमा ब्राण्डिङ गर्नुपर्ने बताए। उनले भारतले कोदोको उत्पादन बढाउने अभियान नै सञ्चालन गरिरहेको भन्दै नेपालले पनि कोदो उत्पादन बढाउने गरी उत्पादनलाई बजारीकरण गर्नसक्नुपर्ने बताए।

उनले कोदो स्वास्थ्यका लागि धेरै नै लाभदायी भएकाले पनि नेपाल र भारत दुवै देशले आफ्नो उर्वर भूमिमा कोदो रोप्नुपर्ने बताए। उनले भारतले केही दिनपछि नै जि २० सम्मेलन गरिरहेको  र सो सम्मेलनमा पनि दिगो विकासलाई प्राथमिकतामा राखेको बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा पनि प्राकृतिक कृषि क्षेत्रलाई प्रोत्साहन गर्नेगरी नेपालको कृषि प्रणाली विकास गर्ने बारेमान छलफल भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .