ad ad

कारोबार


विद्युतीय सवारी साधनलाई सहुलियत दिन सरकार तयार छ : ऊर्जामन्त्री

एकै पटक देशभर ५१ वटा चार्जिङ स्टेशन उद्घाटन
विद्युतीय सवारी साधनलाई सहुलियत दिन सरकार तयार छ : ऊर्जामन्त्री

ईभी चार्जिङ स्टेशन उद्घाटन गर्दै ऊर्जामन्त्री शक्ति बस्नेत। तस्बिर : नेपालखबर


नेपालखबर
भदौ २०, २०८० बुधबार १२:५८, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनहरुको प्रवर्द्ध र विस्तारका लागि आवश्यक सहुलियत र अनुकुल वातावरण बनाउन सरकार तयार रहेको बताएका छन्।

बुधबार नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको संयुक्त उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो भनेका हुन्। 

सरकारले ५१ वटा विद्युतीय चार्जिङ स्टेशन उद्घाटन गरेको भन्दै मन्त्री बस्नेतले आगामी दिनमा देशव्यापी रुपमा विस्तार गर्ने योजनामा रहेको उल्लेख गरे।

देशभरका ५१ वटा विद्युतीय चार्जिङ स्टेशन उद्घाटन विद्युतीय यात्रा मात्रै नभएर इलेक्ट्रिक भेहिकलमार्फत हरित र दिगो विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने  विश्वास उनले जनाए। 

मन्त्री बस्नेतले विद्युतीय सवारी साधनले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्युनीकरण मात्रै नभएर नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्ने बताए। 

सरकारले जलविद्युत क्षेत्रको दीगो विकासका लागि प्रविधि प्रयोग गरी विद्युतीय सामग्री उत्पादन र विद्युतीय सवारी साधनहरुको प्रवर्द्धनका लागि नीति निर्माण गरिहेको मन्त्री बस्नेतले उल्लेख गरे।

‘अपौचारिक रुपमा देशभरका ५१ वटा विद्युतीय चार्जिङ स्टेशन उद्घाटन गरिरहेका छौँ। यी चार्जिङ स्टेशनले विद्युतीय यात्रा मात्रै होइन, हरित र दिगो विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने विश्वास लिएका छौ’ , उनले भने, ‘विद्युतीय सवारी साधनले जलवायु परिवर्तनबाट उत्पन्न समस्या न्युनीकरणमा महत्व राख्छ। नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्नेछ।’

निकट भविष्यमा नै देशभर चार्जिङ स्टेशन विस्तारको योजना उनले सुनाए।

सरकारले केही नीतिहरु निर्माण गरिहेको बताउँदै उनले नेपालको हरित दिगो विकासको यात्रामा यो महत्वपूर्ण सावित हुने बताए।

‘अब हामीले विद्युतीय वस्तुहरु नेपालमै उत्पादन गर्न सक्नुपर्छ। त्यसका लागि पनि सरकार छलफल गरिरहेको छ। सरकारले विद्युतीय सवारी साधनहरुको प्रवर्द्धन र विस्तारका लागि दिनुपर्ने सहुलियतका लागि अनकुल वातावरण बनाउन सरकार तयार छ’, उनले भने, ‘त्यसका लागि जिम्मेवारीपूर्वक काम अगाडि बढाएका छौँ। विद्युतीय कम्पोनेन्टको विकास र विस्तारका लागि परिणाममुखी काम सुरु भएका छन्।’

मन्त्री बस्नेतले विद्युतीय सवारी साधनकोे क्षेत्रलाई सरकारले कानूनी व्यवस्थामा मात्रै सीमित नभएको भन्दै व्यवहारिक जीवनमा अभियानको रुपमा अगाडि बढाउने बताए।

चार्जिङ स्टेशसन निर्माण नेपालको हरित दिगो विकासको यात्रामा महत्वपूर्ण सावित हुने मन्त्री बस्नेतको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .