तारा एयरले प्रतिकुल मौसम सँगै बन्द भएको पोखरा–जोमसोम उडान सोमबार (२५ भदौ) देखि नियमित गर्ने भएको छ।
बिस्तारै मौसम अनुकुल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित हुन लागेको हो।
जोमसोम को नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ। हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाइएको छ। तारा एयरको उडान पोखराको पुरानो एयरपोर्ट बाटै सञ्चालन हुनेछ।
मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाईमा रहेको छ भने यस एअरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ।
39
Shares
प्रतिक्रिया