नाडा अटो शो–२०२३ मा करिब २ हजार गाडी बुकिङ भएका छन्।
आइतबार सकिएको नाडा अटो शोमा विद्युतीय गाडी सबैभन्दा बढी बुकिङ भएका हुन्।
व्यवसायीका अनुसार बुकिङ हुने गाडीमा टाटा मोटर्सको टियागो सबैभन्दा बढी रहेको छ। जसको मूल्य २१ लाख ९९ हजार रूपैयाँ तोकिएको छ।
बढी बुकिङ हुनेमा बीवाईडीका अट्टो ३ र डल्फिन ३००, सेरेस ३ र मिनी ईभी करिब ३०० बुकिङ भएको कम्पनीले दाबी गरेका छन्। एमजीका ३ वटा मोडल करिब डेढसय बुकिङ छन्।
त्यस्तै सुजकी, नेटा, निशान, हुन्डाई, ग्रेटवाल मोटर्स, कियाका विभिन्न मोडलको बुकिङ भएका छन्।
नाडा अध्यक्ष ध्रुब थापाले १–२ दिनमा आधिकारिक तथ्यांक सार्वजनिक हुने बताए। उनले अटो शोमा सोचेभन्दा बढी उपस्थिति रहेको बताए।
अध्यक्ष थापाले ऐतिहासिक रूपमा सफल भएको पनि बताए। आर्थिक अवस्था मन्दीतर्फ बढिरहेको समयमा नाडा अटो शो सफल भएको बताए।
७५ हजार अवलोकन कर्ता आउने अनुमान गरिएकोमा ७६ हजार १०० जना आएको दाबी गरिएको छ।
Shares
प्रतिक्रिया