ad ad

कारोबार


एपेक्स कलेज र आईएनजीबीच साझेदारी घोषणा

एपेक्स कलेज र आईएनजीबीच साझेदारी घोषणा

नेपालखबर
कात्तिक ९, २०८० बिहिबार १६:३९, काठमाडौँ

एपेक्स कलेजले इन्नोभेट नेपाल ग्रुप (आईएनजी)सँग साझेदारीको घोषणा गरेको छ। साझेदारीपश्चात् आईएनजीको नेतृत्वमा अन्तर्राष्ट्रिय पद्धति र अभ्याससहितको नवीनतम व्यवस्थापन र आईटी पाठ्यक्रम सम्मिलित अध्यापन गराइने विज्ञप्तिमार्फत जनाइएको छ।

नेपालमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने कार्यको नेतृत्व गर्दै आएका दुई संस्थाहरूबीचको यो साझेदारीले एपेक्स कलेजमा उपलब्ध हुने सिकाइ, प्रविधि, माध्यम र श्रोतसाधनको थप विस्तार हुने कलेजले जनाएको छ। साथै नयाँ साझेदारीपछिको अध्यापनले बजार सुहाउँदो, युवामैत्री र अविस्मरणीय कलेज अनुभव प्रदान गर्ने र नेपालमै उच्च शिक्षाको उन्नतिलाई सघाउ पुग्ने विश्वास छ।

सन् २००० मा डा मिनेन्द्र रिजालको नेतृत्वमा रहेको समूहले मानव पुँजी विकास गर्ने उद्देश्य राखेर स्थापना गरेको एपेक्स कलेजले नेपालको व्यवस्थापन शिक्षाका साथै समग्र शैक्षिक क्षेत्रमै दीर्घकालीन छाप छोड्न सफल भएको थियो।

२३ वर्षअघि पोखरा विश्वविद्यालयको सम्बन्धनमा बीबीए र बीसीआईएस कार्यक्रममार्फत आफ्नो सेवा आरम्भ गरेको थियो। यो कलेजले हाल समग्रमा १५ भन्दा बढी विशेषज्ञता सामेल स्नातक र स्नातकोत्तर दुवै तहका लागि मास्टर अफ बिजनेश एडमिनिस्ट्रेसन (एमबीए), एमबिए इभिनिङ, ब्याचलर अफ बिजनेश एडमिनिस्ट्रेसन (बीबीए), बीबीए इन ब्यांकिङ एन्ड इन्स्योरेन्स, बीबीए इन ट्राभल एन्ड टुरिज्म र ब्याचलर अफ कम्प्युटर सिस्टम एन्ड इन्फर्मेशन टेक्नोलोजी (बीसीएसआईटी) गरेर ६ प्रकारका विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

देशमा व्यावस्थापनमै सूचना प्रविधिको मिश्रण सहितको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबैभन्दा पहिलो कलेजको रूपमा चिनिएको एपेक्ससँग हाल विश्वभर छरिएका दक्ष व्यवसायिक व्यत्तित्वहरू, व्यावस्थाक तथा उद्यमीहरूको एक बलियो पूर्व विद्यार्थीको सञ्जाल रहेको छ। जसले यो कलेजलाई नेपालकै सबैभन्दा ठूलो मात्र नभइ एक प्रमुख बिजनेश स्कुलको रूपमा स्थापित गराएका छन्।

इन्नोभेट नेपाल ग्रुप (आईएनजी) अन्तर्राष्ट्रिय योग्यता र विश्वव्यापी विज्ञतालाई स्थानीय सन्दर्भसँग मिश्रण गर्दै नेपाल लगायत केही एसियाली मुलुकहरुमा उच्च शिक्षामा नवीनतम प्रविधी भित्र्याउन लागिपरेको शिक्षा र प्रविधिमा काम गर्ने कम्पनी हो। आईएनजी समूहले गरेको अग्रणी कार्यहरूको सर्वत्र प्रसंशा भएको छ भने सन् २०१४ मा नेपाल सरकार शिक्षा मन्त्रालयले सो कार्यहरूलाई सम्मानित समेत गरीसकेको छ।

अहिले आईएनजी समूहसँग इस्लिङटन कलेज लगायत विभिन्न विभिन्न ७ उच्च शिक्षा संस्थाहरू, माइ सेकेन्ड टिचर नामक अन्तर्राष्ट्रिय शिक्षा प्रविधी प्लाटफर्म, इन्नोभेट टेकको रूपमा एक स्थापित आइटी कम्पनी र साइवर सुरक्षा सम्बन्धी सेवा प्रदान गर्ने भैरव टेक्नोलोजिज लगायतका स्थापित व्यवसायिक संस्थाहरू आवद्ध छन्। जसले दक्षिणपूर्वी एसियाका विभिन्न देशमा शिक्षा प्रविधी क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै आएका छन्।

इन्नोभेट नेपाल ग्रुपका संस्थापक एवं अध्यक्ष सुलभ बुढाथोकी भन्छन्, ‘आईटी र व्यवस्थापन दुवैतर्फ व्यवहारिक, व्यवसाय ( लक्षित शिक्षामा जोड दिने संस्थाका रूपमा आईएनजी चिनिएको छ। यी संस्थाहरूले विशेष अध्ययन अनुभव प्रदान गर्दै आएका छन्। आईएनजी समूहका कुल १६०० कर्मचारीमध्ये ७० प्रतिशत कलेजकै पूर्वविद्यार्थी छन्।

एपेक्स कलेजका निर्देशक सम्भव सिरोहिया भन्छन्, ‘पछिल्ला दुई वर्षमा हामीले के महसुस गर्यौं भने एपेक्स र आईएनजीले नेपालमा मानव पूँजी विकास गर्ने समान उदेश्य लिनुका साथै शैक्षिक विशिष्टता हासिल गर्ने र विद्यार्थीहरूलाई कक्षा कोठामा सिमित नराखी विविध प्लाटफर्महरू उपलब्ध गराउने साझा चाहना राखेका छन्’ उनले थपे, ‘हाम्रा दुवै संस्थाहरूले विद्यार्थीहरूका पहल, कार्यक्रम र अतिरिक्त कृयाकलापहरूलाई सक्रिय रूपमा हौसला प्रदान गर्दै आएका छन्। विद्यार्थीको क्षमता विकास र सफलताका लागि यो महत्वपूर्ण पाटो पनि हो।’

एपेक्स कलेजका अध्यक्ष डा. मिनेन्द्र रिजालले भने, ‘यस साझेदारीबाट एपेक्सका विद्यार्थीहरूले वास्तवमै अन्तर्राष्ट्रिय शिक्षण सिकाइ अभ्यास, उल्लासमय कलेज जीवन र विद्यार्थीको सन्तुष्टी प्राप्त हुने गरी विभिन्न अवसर, अनुभव र स्रोतहरूमा थप पहुँच प्राप्त गर्नेछन्।’

उनले एपेक्स र आइएनजी साझेदारीले नेपालका शैक्षिक संस्थाका लागि कोसेढुङ्गाको काम गर्ने बताए।

‘साझेदार दुईटै संस्थाले फरक प्रकृतिको र दुई दशकभन्दा बढीको उत्कृष्ट अनुभवसँगै आ(आफ्नो ख्यातिको प्रचुरता, असल अध्यापनका अभ्यासहरू, पूर्व विद्यार्थीहरूको बृहत संजाल, एक अर्काका परीपूरक पाठ्यक्रम, अद्याबधिक शिक्षण र सिकाइका साधनहरू, उत्कृष्ट प्राध्यापकहरु, प्रचुर साधनश्रोत, उद्योग र रोजगारदातासँगको उपयोगी सम्बन्धलाई एकसाथ ल्याएका छन्’ रिजालले भने।

एपेक्स र आईएनजी दुवैले यो साझेदारीबाट दीर्घकालीन लाभ लिनसक्ने विश्वास पनि रिजालले व्यक्त गरे।

एपेक्स कलेजको व्यवस्थापन समूहले यस साझेदारीसँगै संस्थामा आवद्ध विद्यार्थीहरूको सिकाइ र अनुभवमा उल्लेख्य सुधार हुनुका साथै १०० भन्दा बढी अध्यापक र कर्मचारीहरूले अझै ठूलो समूहको रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .