ad ad

कारोबार


५०औँ वार्षिकोत्सवमा रुस्लानले गल्फ प्रतियोगिता आयोजना गर्ने

५०औँ वार्षिकोत्सवमा रुस्लानले गल्फ प्रतियोगिता आयोजना गर्ने

नेपालखबर
कात्तिक १९, २०८० आइतबार १८:४७, काठमाडौँ

भोड्का उत्पादक ब्रान्ड रुस्लानले आफ्नो ५० औँ वर्ष पार गरेको छ। सन् १९७३ मा स्थापना भएको रुस्लान भोड्का स्थापना कालदेखि नै उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको जनाएको छ।  

यसै अवसरमा रुस्लानले रोयल नेपाल गल्फ क्लबसँग (आरएनजीसी)को सहकार्यमा गल्फ प्रतियोगिता आयोजना गर्दैछ।

नेपालमै गल्फको सुरुवातकर्ता आरएनजीसीले पनि आफ्नो सञ्चालनको १०७ औँ वर्ष मनाउँदै छ। यसै अवसरमा रुस्लान र आरएनजीसी दुवैै मिलेर ‘रुस्लान ५० औं वार्षिकोत्सव गल्फ प्रतियोगिता’ गल्फ प्रतियोगिता आयोजन गर्न गइरहेको हो।

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका निर्देशक श्रीहर राणाले भने, ‘रुस्लानको पाँच दशक यात्रा र आरएनजीसीको १०७ औँ वर्षको यात्रालाई प्रतिबिम्बित गर्दै यस गल्फ प्रतियोगिता गर्न पाउँदा हामी गौरवान्वित छौैँ। उत्कृष्टताको साथै यस ब्राण्डप्रति रहेको विश्वासलाई सदा कायम राख्ने प्रतिबद्धता दिन्छौँ।’

रुस्लान गल्फ प्रतियोगिता यही कात्तिक १७ र १८ गते रोयल नेपाल गल्फ क्लबमा आयोजना हुन गइरहेको छ, जसमा १३० जना आरएनजीसी सदस्यहरूको प्रतिस्पर्धा हुनेछ। यस प्रतियोगितालाई रुस्लान र आरएनजीसी दुवैले एकअर्कालाई प्रवर्द्धन गर्न र एक उत्सवको रुपमा मनाउन आयोजना गरिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .