वैदेशिक रोजगारीमा रहेका नेपालीलाई हिमालयन रि इन्स्योरेन्सले १० प्रतिशत प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) पूरा गरेको छ।
कम्पनीका अनुसार वैदेशिक रोजगारीमा रहेकाका लागि छुट्याइएको कोटाअन्तर्गत प्रिमियम मूल्यमा ३० लाख कित्ता सेयर छुट्याइएको थियो। जसमा ३४ हजार २ सय ११ आवेदकबाट ४५ लाख ८४ हजार ८ सय १० कित्ताका लागि आवेदन परेको थियो।
कम्पनीले यही मंसिर ४ गते वैदेशिक रोजगारीका नेपालीलाई आईपीओ निष्काशन गरेको थियो। १० अर्ब जारी पुँजी रहेको कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याएकोमा यहीमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीले ३० लाख कित्ता पाउनेछन्।
यति धेरै आवेदन अहिलेसम्मकै धेरै भएको कम्पनीले जनाएको छ। हालसम्म ३० हजार ३ सय ४८ आवेदकबाट १६ लाख ९० हजार कित्ताका लागि मात्र आवेदन परेको कम्पनीको भनाइ छ।
आवश्यकताभन्दा बढी माग परेपछि आफूप्रतिको सार्वजनिक विश्वास बढेको भन्दै कम्पनीले खुसी व्यक्त गरेको छ।
Shares
प्रतिक्रिया