ad ad

कारोबार


आफूलाई साहु ठानेमा बैंकहरू चल्न सक्दैनन् : केपी ओली

आफूलाई साहु ठानेमा बैंकहरू चल्न सक्दैनन् : केपी ओली

नेपालखबर
मंसिर २१, २०८० बिहिबार १३:२७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई साहु ठानेर बैंकहरू चल्न नसक्ने बताएका छन्। 

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राअन्तर्गत बागलुङ बजारमा आयोजित सन्देश सभामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। 

उनले अहिलेको सरकारका कारण अर्थतन्त्र ध्वस्त भइसकेको पनि बताए। ‘अर्थतन्त्र ध्वस्त भएको छ। बैंकहरू कुरो बुझिरहेका छैनन्। बैंक बचतकर्ताहरूको बचतले चल्ने हो’, उनले भने, ‘कसैले ऋण लिएन भने बैंक चल्न सक्दैनन्। बैंकहरूले कुरो बुझेनन्, आफूलाई साहु ठान्छन्। ग्राहकहरूले कर्जा नलिने हो भने बैंक चल्दैनन्।’

‌ओलीले फरक प्रसंगमा मेडिकल कलेज नेपालमा खोल्न नदिएर विद्यार्थीलाई विदेशिन बाध्य बनाइएको बताए। ‘यहाँ मेडिकल कलेज खोल्न नदिनेहरू विदेशीका एजेन्ट बनेका छन्। आवश्यकताअनुसार मेडिकल कलेज खोल्नुपर्छ’, उनले भने, ‘हाम्रो शिक्षित जनशक्तिलाई विदेशिन बाध्य बनाउनु हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .