भारतीय ब्याटर विराट कोहलीले व्यक्तिगत कारण देखाउँदै इंग्ल्यान्डविरुद्धको पहिलो दुई टेष्ट खेलबाट आफ्नो नाम फिर्ता लिएका छन्।
पाँच खेलको टेष्ट सिरिज बिहीबारदेखि हैदरावादमा सुरु हुँदै छ। ३५ वर्षीय पूर्वकप्तान कोहलीले भारतीय टोलीका कप्तान रोहित शर्मा र टोलीको व्यवस्थापनलाई जानकारी गराइसकेका छन्।
इंग्ल्यान्डका ब्याटर ह्यारी ब्रुक व्यक्तिगत कारण बेलायत फर्केको एक दिनपछि कोहलीले नाम फिर्ता लिएका हुन्।
भारतका लागि १ सय १३ टेष्ट खेलमा कोहलीले ८ हजार ८ सय ४८ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा चौथो स्थानमा छन्।
जोहानेसबर्गमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा ढाडको दुखाइका कारण बाहिरिएपछि उनीले दुई वर्षभन्दा लामो समयदेखि भारतका लागि कुनै टेष्ट गुमाएका छैनन्।
टेष्टबाट आफ्नो नाम फिर्ता लिँदै कोहलीले देशको प्रतिनिधित्व गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले उनको निर्णयको सम्मान गर्दै मिडिया र समर्थकलाई यो समयमा कोहलीको गोपनीयताको सम्मान गर्न र व्यक्तिगत कारणबारे अनुमान नगर्न समेत अनुरोध गरेको छ।
Shares
प्रतिक्रिया