ad ad

कारोबार


मुलुक समृद्धिको सुत्र पर्यटन हो : अध्यक्ष ढकाल

मुलुक समृद्धिको सुत्र पर्यटन हो : अध्यक्ष ढकाल

नेपालखबर
फागुन १८, २०८० शुक्रबार १९:५७, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक समृद्धिको सूत्र पर्यटन भएको बताएका छन्।

शुक्रवार चिवनमा भएको भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्। उनले मुलुक समृद्धिको सूत्र पर्यटन भएकाले सरकारले पनि त्यही अनुसार नीति कार्यक्रम र बजेट ल्याउनु पर्नेमा जोड दिए।

उनले नेपालमा पर्यटनको सम्भावना अथाह भएपनि तिनीहरुको प्रचारप्रसार गर्न नसकिएको उल्लेख गरे। अध्यक्ष ढकालले ठूला कार्यक्रममा र प्रचारप्रसार बिना नै नेपालमा आएका भन्ने वास्तविकतालाई बुझेर सरकारले नीति नियमहरु बनाउनु जरुरी रहेको बताए। उनले पर्यटकहरुको लागि आवश्यक पर्यटक पूर्वाधार बनाउन सकिए मात्रै पर्यटन आगमनको अहिलको अवस्थामा गुणात्मक रुपमा परिवर्तन ल्याउन सकिने बताए।

अध्यक्ष ढकालले भने,‘नेपालमा पर्यटनको सम्भावना अथाह भएपनि तीनीहरुको प्रचारप्रसार गर्न सकिरहेका छैनौं। ठूला कार्यक्रममा र प्रचारप्रसार बिना नै नेपालमा आएका पर्यटकलाई नेपाललाई माया गर्ने अतिथिको रुपमा लिएका छौं। यो वास्तविकतालाई बुझेर सरकारले नीति नियमहरु बनाउनु जरुरी छ। पर्यटकहरुको लागि आवश्यक पर्यटक पूर्वाधार बनायौं भने पर्यटन आगमनको अहिलको अवस्थामा धेरै गुणात्मक रुपमा परिर्वतन हुने छ।’

उनले सरकारले अर्बौं लगाएर बनाएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा आउन नसकेको भन्दै सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए। उनलेसरकारले पर्यटन सुधारको लागि हिल स्टेशनको विकास गर्नुपर्ने जरुरी रहेको बताए।

उनले अर्थतन्त्र मन्दी आएको भन्दै समाधान गर्नको लागि सरकारले सक्रिय रुपमा पहल गर्न आवश्यक रहेको धारणा राखे। उनले अर्थतन्त्रमा देखिएको वर्तमान अवस्था सर्वपक्षिय सहभागितामा समाधानको पहल पर्ने अपेक्षा निजी क्षेत्रको रहेको बताए।

उनले अर्थतन्त्रका वर्तमान समस्या समाधानको लागि सर्वपक्षिय छलफलको प्रश्ताव राख्न समेत राखे। अध्यक्ष ढकालले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर भएको बताए।

उनले वैदेशिक रोजगारीमा जाने नेपालीहरु बढेको भन्दै सरकारले तत्काल रोक्न आवश्यक रहेको बताए। उनले नेपालमा नै रोजगारीको सिर्जना गरी नेपालमा व्यवसायीक वातावरण बनाएर वैदेशीक रोजगारीमा जान रोक्नसके छोटो समयमा व्यवसायी गतिविधि बढ्नसक्ने दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .