कारोबार


राष्ट्र बैंक सञ्चालकका रूपमा मरासिनीको शपथ

राष्ट्र बैंक सञ्चालकका रूपमा मरासिनीको शपथ

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार १६:१२, काठमाडौँ

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा शपथ लिएका छन्।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष उनले सर्वोच्च अदालतमा बिहीबार शपथ लिएका हुन्।

नेपाल राष्ट्र बैंक ऐनअनुसार, अर्थ सचिव राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रहन्छन्। सञ्चालक समितिका अध्यक्ष भने गभर्नर हुन्छन्।

केन्द्रीय बैंक सञ्चालक समिति सदस्यले प्रधानन्यायाधीश वा उनले तोकेको न्यायाधीशसमक्ष शपथ लिने व्यवस्था छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई अर्थसचिव बनाउने निर्णय गरेको हो। 

उनी यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिव थिए। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि गत असोजदेखि उनी निलम्बनमा थिए। विशेष अदालतले उनलाई सफाइ दिएपछि सरकारले अर्थसचिवको जिम्मेवारी दिएको हो।

यसअघिका अर्थसचिव कृष्णहरि पुष्करलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .