काठमाडौंमा ठूलो पानी पर्दा १५ मिनेट जहाज अवतरण अवरुद्ध भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्कासि ठूलो पानी पर्दा चाइना एयरको जहाज डाइभर्ट गरिएको छ।
त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले १५ मिनेट अवरुद्ध भएको एयरपोर्ट सञ्चालनमा आएको बताए।
‘एकैपटक ठूलो पानी परेसँगै विमानस्थलमा सेवा अवरुद्ध भएको थियो’, झा भन्छन्, ‘चाइना एयरको जहाज डाइभर्ट भयो। त्यसपछि सामान्य अवस्थामा उडान भइरहेको छ।’
1.3k
Shares
प्रतिक्रिया