ad ad

कारोबार


घुस प्रकरणमा राष्ट्र बैंकका पूर्वसञ्चालक कर्णलाई अख्तियारले बोलायो

घुस प्रकरणमा राष्ट्र बैंकका पूर्वसञ्चालक कर्णलाई अख्तियारले बोलायो

नेपालखबर
जेठ २३, २०८१ बुधबार १८:१८, काठमाडौँ

घुस मागेको आरोप खेपिरहेका राष्ट्र बैंकका पूर्वसञ्चालक सुबोध कुमार कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपस्थित हुन निर्देशन दिएको छ। 

आयोगले सञ्चालक कर्णलाई ३० दिनभित्र महाशाखा नं. २ मा उपस्थित हुन निर्देशन दिएको हो। 

अख्तियारले दिएको समयसीमामा उपस्थित नभएको खण्डमा कानुनी कारबाही सुरु गर्ने चेतावनी समेत दिएको छ। 

सञ्चालक कर्णविरुद्ध व्यावसायिक घरानासँग रकम लेनदेनको विषयमा अख्तियारमा उजुरी परेको थियो। 

आयोगले अनुसन्धान गरिरहेकै बखत दोस्रो पटक पनि सूचना जारी गर्दै उपस्थित हुन निर्देशन दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .