ad ad

कारोबार


प्रभु बैंकका ग्राहकलाई सौराहाका होटल तथा रेस्टुरेन्टमा छुट

प्रभु बैंकका ग्राहकलाई सौराहाका होटल तथा रेस्टुरेन्टमा छुट

नेपालखबर
जेठ २७, २०८१ आइतबार १६:१२, काठमाडौँ

प्रभु बैँकका कर्मचारी तथा ग्राहकलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटल तथा रेस्टुरेन्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ।

छुट्टाछुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट गण्डकी प्रदेश–५ की प्रमुख  सांग्रिला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिले भरिपूर्ण चितवन जिल्ला प्राकृतिक छटाले समेत रमणीय पर्यटकीय स्थलका रुपमा चिनिन्छ। सौराहा, मेघौली, कसरा, देवघाटधाम जस्ता रमणीय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरूका लागि उपयुक्त गन्तव्यका रुपमा लिन सकिन्छ।

विभिन्न देश तथा विदेशबाट यस स्थानमा पर्यटकहरूको आगमन हुने गरेको पाइन्छ। विश्वमै अति दुर्लभ एक सिङ्गे गैँडा, विभिन्न प्रजातीका चराचुरुङ्गी, मृग जस्ता जङ्गली जनावरहरू एवम् वन तथा वन्यजन्तुहरुको आरक्षणको अवलोकनका निम्ति जिपसफारी, हात्तिसफारी र थारु समूदायको बाहुल्यता रहेको यस नगरीमा उनीहरुको सांस्कृतिक, पुरातात्विक एवम् मौलिक किसिमको नृत्य पर्यटकहरूका लागि मुख्य आकर्णको केन्द्र हो।

सो सम्झौता बमोजिम ग्राहक तथा प्रभु बैंका कर्मचारीका लागि आवासमा ८ देखि १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० देखि १५प्रतिशत सम्म छुट प्राप्त गर्न सकिने छ।

सहभागी होटेलहरूको सूची निम्नअनुसार समावेश छ :
होटल आइकावा इन (फोर स्टार होटल), सपना भिलेज लज, सिद्धार्थ भिल्लास वनबास, चितवन (होटल वनबास चितवन), होटल वाइल्डलाइफ क्याम्प, पार्क सफारी रिसोर्ट, चौताी गार्डेन रिसोर्ट, राइनो लज एण्ड रिसोर्ट, होटल रोयल सफारी, द पार्क सेन्चुरी होटल (भिलाजिओ रेस्टुरेन्ट एण्ड होटल), ट्राभलर्स जंगल क्याम्प, होटल मिराज, ओपन सेकुवा कर्नर, रिभर भिउ जंगल क्याम्प, हिमालयन इन, जंगल सफारी लज, रोयल टाइगर लक्सरी होटल।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .