चालु आवको १० महिनामा वैदेशिक सञ्चिति रकम १९ खर्बमाथि पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म वैदेशिक सञ्चिति कुल १९ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको हो।
गत असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको सञ्चिति चालु आवको १० महिनामा २६.२ प्रतिशतले बढेको हो।
उक्त सञ्चित रकमले १५.१ महिनको वस्तु आयात र १२.६ महिनाको बस्तु तथा सेवा आयात धान्न सक्नेछ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ वैशाख मसान्तमा २८ प्रतिशतले वृद्धि भई १७ खर्ब २२ अर्ब २ करोड पुगेको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ वैशाख मसान्तमा १३.८ प्रतिशतले वृद्धि भई २ खर्ब २० अर्ब ३८ करोड कायम भएको छ।
Shares
प्रतिक्रिया