ad ad

कारोबार


भारतमा चोरिएका मोबाइल दोब्बर मूल्यमा नेपाल तस्करी, भारतीय प्रहरीले समात्यो गिरोह

भारतमा चोरिएका मोबाइल दोब्बर मूल्यमा नेपाल तस्करी, भारतीय प्रहरीले समात्यो गिरोह

समातिएको गिरोह (फाइल तस्बिर)


नेपालखबर
जेठ २९, २०८१ मंगलबार १७:१६, काठमाडौँ

दिल्लीमा पकेटमार र चोरहरुसँग फोन किनेर नेपालमा दोब्बर मूल्यमा बिक्री गरी एक भारतीय दम्पती र उनीहरुका दुई सहयोगीले राम्रो आम्दानी गरिरहेका थिए। 

उनीहरुको कमाइ तब मात्र रोकियो जब उनीहरु प्रहरीको नियन्त्रणमा परे। 

यो गिरोहको धन्दाबारे डीसीपी राकेश पवरियाले सुनाए– 

‘मे १९ को दिन दिउँसो ३ः३५ बजे सेन्ट्रल डिस्ट्रिक्टका विशेष कर्मचारीले एक जना अर्जुन भन्ने व्यक्तिबारे फोनमा सूचना दिए। जो खैरो रंगको स्विफ्ट कारमा कमला मार्केट आउँथे र चोरिएका र पकेट मारिएका फोन बस र रेलबाट नेपाली बजारमा पठाउँथे। हामीलाई त अवैध हातहतियार पनि यसरी पठाइएको हुनसक्ने सूचना आयो। अर्जुन हत्या प्रयासदेखि लुटपाट र हातहतियारसम्मका घटनामा समेत जोडिएका छन्।’

प्रहरी उपनिरीक्षक रोहित कुमारको नेतृत्वमा एक समूह बनाएर यसको अनुसन्धान सुरु गरियो। यसका लागि अजमेरी गेटनजिकैको स्थानलाई विशेष निगरानीमा राखियो। 

मे १९ मा उक्त प्रहरी टोलीले सन्दिग्ध कार नियन्त्रणमा लिएर अर्जुन र उनकी श्रीमती रुक्सारलाई समायो। लगत्तै उनलाई खानतलासी गर्दा प्रहरीले सात राउन्ड गोली लोड भएको पिस्टोल बरामद गर्‍यो। अर्जुनको कारमा धेरै ब्रान्डका १५० बढी चोरिएका मोबाइल, १४० बढी मोबाइल चार्जर र ९० बढी यूएसबी केबल फेला पर्‍यो। 

त्यसपछि सोधपुछका क्रममा प्रहरीले विकास भनिने अर्जुन र उनी श्रीमती बिहारको मधुवनी नाकाबाट चोरीका मोबाइलको नेपाल तस्करीमा सक्रिय रुपमा संलग्न रहेको खुलासा भयो। 

‘धेरै नाफाका लागि अर्जुन र उनकी श्रीमती तथा एक साथी र मोटा भनिने हिमांशुको यसमा संलग्नता रहेको पाइयो। उनीहरुले चोरी, लुटपाट र पकेटमार गर्नेसँग सम्पर्क गरी ती मोबाइल ४ देखि ५ हजारसम्ममा किनेर नेपालमा १० देखि १५ हजार रुपैयाँमा अन्य सहयोगीसँग मिलेर बेच्ने गरेको पाइयो’, भारतीय प्रहरी अधिकृत भन्छन्। 

उनका अनुसार हिमांशु ती फोन बेच्न नेपाल जाने गर्थे। उनीहरुले आफ्नो कारबाट पहाडगन्जबाट नयाँ दिल्ली रेल स्टेसनसम्म पुर्‍याउँथे। यसरी पुर्‍याउँदै गर्दा प्रहरीबाट समातिएका थिए। 

हिमांशु नेपालबाट दिल्ली आउँदै गर्दा स्वतन्त्र सेनानी एक्सप्रेस रेलबाट आइरहेको थाहा पाएपछि प्रहरीले पक्राउ गरेको थियो। सो क्रममा २५ वटा पकेट मारिएका फोन बरामद गरिएको थियो। 

त्यस्तै अर्का २८ वर्षीय मधुवनीका जगरनाथ कुमार यादवलाई भारतीय प्रहरीले नेपालसँगको सीमा क्षेत्रबाट पक्राउ गरेको थियो। उनीबाट २२६ चोरिएका मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। इन्डियन एक्सप्रेसबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .