नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयद्वारा गठित समितिमा योग्यता नपुगेका व्यक्तिलाई विज्ञका रूपमा राखिएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
यही जेठ ३२ गते सी-०७९२६८ नम्बरसहित आयोगमा दर्ता भएको उजुरीमा अध्यक्ष नियुक्तिका लागि गठित समितिमा स्वार्थसम्बद्ध व्यक्तिलाई राखेको जिकिर गरिएको छ।
यस्तै उजुरीमा अध्यक्ष नियुक्ति र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकरणमा ५ अर्ब बराबरको भ्रष्टाचार हुन लागेको दाबी गरिएको छ।
84
Shares
प्रतिक्रिया