ad ad

ग्लोबल


जी–७ को निर्णय : रोक्का गरिएको रुसी सम्पत्तिबाट ५० अर्ब डलर युक्रेनलाई

जी–७ को निर्णय : रोक्का गरिएको रुसी सम्पत्तिबाट ५० अर्ब डलर युक्रेनलाई

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १४:३४,

रोक्का गरिएको रुसको सम्पत्तिबाट ५० अर्ब डलर निकालेर युक्रेनलाई दिन जी–७ मुलुक सहमत भएका छन्। सो रकम युक्रेनले रुसविरुद्ध लड्न खर्चिने छ।

इटलीमा आयोजित जी–७ शिखर बैठकमा सो निर्णय भएको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले यो निर्णय आफूहरु पछि हट्न तयार नरहेको कुराको अर्को प्रमाण भएको बताए।

तर, रुसले भने त्यसको बदला लिने चेतावनी दिएको छ।

सो बैठकका क्रममा अमेरिका र युक्रेनबीच १० वर्षे द्विपक्षीय सुरक्षा सम्झौतामा बाइडेन र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले हस्ताक्षर गरे।

सम्झौताअनुसार युक्रेनले अमेरिकाले सैन्य सहयोगत तथा तालिम दिने छ। तर, त्यसमा अमेरिकाले युक्रेनको पक्षमा लड्न सेना पठाउने प्रतिबद्धता भने छैन।

युद्ध सुरु भएयता जी–७ मुलुकले रुसको करिब ३२५ अर्ब डलरको सम्पत्ति रोक्का गरेका छन्। सो सम्पत्तिले वार्षिक ३ अर्ब डलर ब्याज कमाइरहेको छ। 

सो ३ अर्ब डलरलाई युक्रेनले लिने ५० अर्ब डलर ऋणको ब्याज तिर्न प्रयोग गरिने छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .