ad ad

कारोबार


गौतम बुद्ध र पोखरा विमानस्थलबारे छानबिन गर्न सार्वजनिक लेखाले बनायो २ उपसमिति

गौतम बुद्ध र पोखरा विमानस्थलबारे छानबिन गर्न सार्वजनिक लेखाले बनायो २ उपसमिति

नेपालखबर
असार १३, २०८१ बिहिबार २२:४८, काठमाडौँ

 प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा निर्माणको छानबिन गर्न २ छुट्टाछुट्टै संसदीय उपसमिति गठन गरेको छ ।

दुवै विमानस्थल निर्माण गर्दा आर्थिक अनियमितता भएको आशंकासहित समग्र पक्षको छानबिन गरी राय सहितको प्रतिवेदन पेश गर्न २ उपसमिति गठन भएका छन् ।

संसदको सार्वजनिक लेखा समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे छानबिन गर्न उपसमिति गठन गरेको छ।

राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा १२ सदस्यीय उपसमितिले पोखरा विमानस्थलको छाबिन गर्नेछ। 

पोखरा विमानस्थल छानबिन उपसमितिमा अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमल्सिना, प्रेमबहादुर आले, रामकृष्ण यादव, रुक्मणी राना बराइली र लेखनाथ दाहाल सदस्य छन्।

गौतम बुद्ध विमानस्थलको छानबिन गर्न एमाले सचिव तथा सांसद योगेश भट्टराईको संयोजकत्वमा ८ सदस्यीय उपसमिति गठन गरिएको छ। उपसमितिमा अच्युतप्रसाद मैनाली, अमरेशकुमार सिंह, विक्रम पाण्डे, मञ्जु खाँण, मनीष झा, श्यामकुमार घिमिरे र सराज अहमद फारुकी सदस्य छन्।

लेखा समितिका सभापति ऋषिकेश पोखरेलका अनुसार दुवै उपसमितिलाई ३० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ। यी दुवै विमानस्थल व्यावसायिकरूपमा सञ्चालन हुन सकिरहेका छैनन्। 

पोखरा विमानस्थल निर्माणमा अनियमितताको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .