सेयरबजारमा २ अर्ब ९९ करोड रुपैयाँको मात्र कारोबार भएको छ।
सूचक बढे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो।
आइतबार ३ अर्ब ६० करोडको सेयर कारोबार भएको थियो।
सोमबार नेप्से सूचक १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा कायम छ।
यस दिन १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० वटाको घटेको र ११ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
आज हिमालयन ऊर्जा विकास कम्पनीको ९.७४ प्रतिशतले, दोर्दी खोला हाइड्रोको ८.४७ प्रतिशतले सेयर बढेको छ।
त्यस्तै नेपाल फाइनान्सको १० प्रतिशतले र मैलुङ खोला जलविद्युत् कम्पनीको ८.४४ प्रतिशतले सेयर मूल्य घटेको छ।
आज सर्वाधिक कारोबार नेपाल फाइनान्सकै छ। कम्पनीको १९ करोडको कारोबार भएको हो।
42
Shares
प्रतिक्रिया