रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दिउँसो २ बजेपछि सम्पर्कविहीन भएको खुलेको छ।
त्रिभुवन विमानस्थल टावरका अनुसार २ बजेसम्म हेलिकप्टर सम्पर्कमै रहेको थियो। त्यसपछि टावरसँगको सम्पर्क टुटेको थियो।
त्यसपछि नुवाकोटको शिवपुरी ७ सूर्यचौरमा दुर्घटना भएको खबर आएको थियो।
नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। एक पाइलटसहित ४ जना चिनियाँ यात्रुको पनि मृत्यु भएको हो।
उक्त हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी जाने क्रममा दुर्घटनामा परेको हो।
3.8k
Shares
प्रतिक्रिया